‘४ जनाले देशको अर्थतन्त्र हल्लाउने प्रवृतिको अन्त्य हुन्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले सिण्डिकेट तोडेरै छाड्ने बताएका छन् । देश र जनताको सेवा गर्न आफु आएको बताउँदै उनले चार जनाले समाज खल्बलाउने, देशको अर्थतन्त्र हल्लाउने प्रवृतिको अन्त्य हुने दावी गरे ।

 

सरकारले देश र जनताको सेवाका लागि अडान लिएको बताउँदै प्रधानमन्त्री ओलीले भष्ट्राचारविरुद्ध अझ कठोर हुने बताए । उनले भने, ‘म भ्रष्टाचार गर्दिन, कसैले गरे त्यसको अनुहारतिर हेर्दिन । सेटिङ मिलाउने, घुस र कमिसनबाट राज्यलाई घाटा पार्न दिन्न, सबै कुरा नियन्त्रण गरिन्छ ।’

प्रधानमन्त्री ओलीले आज (अाइतबार) प्रदेश ५ को प्रदेशसभालाई विशेष सम्बोधन गर्ने क्रम देश र जनताको उन्नती र प्रगतिमा बाधा उत्पन्न गर्न खोज्ने सबै तत्वलार्इ कानून बमोजिम नियन्त्रण गर्ने बताएका हुन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार