काठमाडौं २१ वैशाख: यातायात व्यावसायीहरुले सरकारले गरेको सिन्डिकेको खारेजीको विरोध गर्दै आजबाट आन्दोलन सुरु गरेका छन् । तर, सरकारले भने यातायात नचलाए कारबाही गर्ने चेतावनी दिएका छन् ।
सिन्डिकेटको पक्षमा दबाब दिन यातायात व्यवसायी महासंघ सम्बद्धका समितिहरूको सवारी साधन ठप्प पारेका छन् । देश भरका शहरको जनजीवन प्रभावित बनेको छ । त्यस्तै प्रदेश नम्बर ४ ले भने यातायात व्यावसायीको सार्वजनिक सवारी साधन तत्काल नचलाएमा मुद्दा चलाउने तयारी गरेको छ ।
कास्कीका प्रजिअका अनुसार यातायात समितिका पदाधिकारीका व्यक्तिगत सम्पत्ति समेत छानबिनसमेत गरिने बताएका छन् । प्रजिअका अनुसार सेवा रोक्नेविरुद्ध अत्यावश्यक सेवा ऐन अन्तर्गत मुद्दा चलाउन प्रहरीले आवश्यक प्रक्रिया अघि बढाइसकेको बताएका छन् । अत्यावश्यक सेवा भित्र परेको र कुनै पनि बहानामा यसलाई रोक्न नहुने बताए ।
त्यस्तै सेवा रोक्ने समितिको खारेजीदेखि रुट इजाजतसमेत रोक्ने समेतका कारबाही गर्ने बताएका छन् । पोखरामा पृथ्वीराजमार्ग बस व्यवसायी समिति, पोखरा नगर बस, बिन्ध्यावासिनी समिति लगायत र ट्याक्सीले समेत सिन्डिकेट पक्षधरलाई सघाएका छन् ।