उमेर २५ वर्ष मात्र , तलब खान्छिन् करोड, को हुन मधुमिता ?

काठमाडौं, २६ बैसाख । उमेर २५ वर्ष, तलव महिनाको नौ लाख रुपैयाँ । तपाईलाई विश्वास नलागे पनि बिहारकी मधुमिता कुमारका लागि यो सपना होइन, बरु वास्तविकता हो । विश्वको सबैभन्दा ठूलो सर्च कम्पनीका रुपमा चर्चित गुगलले मधुमितालाई एक कारोड आठ लाख रुपैयाँ वार्षिक प्याकेज दिने गरी जागिर दिएको छ ।

सोमबार आफ्नो नयाँ जागिर मधुमिताले गुगलको स्विट्जरल्याण्डमा टेक्निकल सोल्युसन इन्जिनियरका रुपमा काम शुरु गरेकी छन् । गुगलमा काम शुरु गर्नु अगाडि उनी बेंगलोरमा एपीजी कम्पनीमा काम गर्थिन् । उनका बुवाका अनुसार केही दिन अगाडि उनलाई अमेजन, माइक्रोसफ्ट र मर्सिडिज जस्ता कम्पनीबाट पनि अफर आएका थिए ।

आज उनका बुवा मधमिताको सफलताका खुशीयाली मनाइरहेका छन् । पटनासँगै जोडिएको खगोल इलाकामा यो परिवारको चर्चा भइरहेको छ । तर, कुनै बेला यस्तो पनि समय थियो, जतिबेला मधुमिताका बुवा उनलाई इन्जिनियरिङ पढाउन तयार थिएनन् । सुरेन्द्रकुमार शर्मा सम्झिन्छन्, ‘शुरुमा मैले नै इन्जिनियरिङ क्षेत्र छोरी मान्छेका लागि राम्रो होइन । तर मैले फेरि के देखें भने छोरी मान्छे पनि ठूलो संख्यामा यो क्षेत्रमा आइरहेका छन् । त्यसपछि मैले मधुमितालाई भने ल तिमी पनि एडमिसन गर ।’

त्यसपछि मधुमिताले जयपुरको आर्या कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीबाट कम्प्युटर साइन्समा इन्जिनियरिङको अध्ययन शुरु गरिन् । उनको ब्याच २०१०–२०१४ को हो । त्यसअघिको १२ कक्षासम्मको पढाइ उनले पटनाको डीएवी, वाल्मी स्कुलबाट पूरा गरेकी थिइन् । आफ्नो परिवारबाट विदेश जाने उनी पहिलो व्यक्ति भएकी छन् ।

उनी यही वर्ष फेब्रुअरीमा पहिलो पटक अमेरिका गएकी थिइन् । मधुमिताको पहिलो विदेश भ्रमणलाई सम्झिँदै उनका बुवा सुरेन्द्र भन्छन्, ‘अन्य परिवारमा जस्तै हाम्रो परिवारमा पनि विदेश जानु ठूलो उपलब्धी थियो । मेरी छोरी विदेश गएपछि सबैलाई के लाग्यो भने हाम्रो ठाउँबाट कोही त विदेश घुमेर आयो ।’ तर, अब उनलाई अब आफ्नी छोरी हजारौं मिल टाढा लगातार एक्लै बस्नुपर्छ भन्ने बोध भएको छ ।

यत्रो सफलता हासिल गर्न मधुमिताको मेहनत र लगनसँगै जुन व्यक्तिको महत्वपूर्ण भूमिका थियो, उनी हुन भारतका पूर्व राष्ट्रपति र चर्चित वैज्ञानिक एपीजे अब्दुल कलाम । सोनपुरमा रेलवे सुरक्षा बलमा सहायक सुरक्षा आयुक्त पदमा तैनाथ मधुमिताका बुवा सुरेन्द्र शर्मा भन्छन्, ‘चर्चित राष्ट्रपति एपीजे अब्दुल कलाम मधुमिताका सबैभन्दा ठूला प्रेरणाका स्रोत हुन् । उनको किताब र बायोग्राफी मधुमिता सधैं पढ्ने गर्थिन्।

उनकै विचारबाट मधुमिताले प्रेरणा लिएकी हुन् । स्कुल पढ्दा मधुमिता म्याथ, फिजिक्स र भौतिक विषय धेरै मन पराउँथिन् । साथै उनी वादविवाद प्रतियोगितामा पनि भाग लिन्थिन् । शुरुका दिनमा मधुमिता आईएएस बन्न चाहन्थिन् । तर, पछि उनले इन्जिनियरिङलाई आफ्नो करियर बनाइन् । २०१० मा उनले १२ कक्षा पास गरेपछि इन्जिनियरिङमा एडमिसन गरिन् ।

सुरेन्द्र शर्मा भन्छन, ‘मधुमिताले १२ मा ८६ प्रतिशत अंश ल्याइन् । देशको राम्रो कलेजमा भर्ना हुन यो अंक औसत मानिन्थ्यो । यस्तोमा उनको यो सफलताले के कुरा सावित गर्छ भने बोर्डमा राम्रो अंक नआए पनि सफलताको बाटो बन्द हुँदैन ।’ सुरेन्द्र कुमारकी जेठी छोरी रश्मी कुमार अहिले इन्दोरको अरविंदो मेडिकल कलेजमा एमबीबीएसको अध्ययन गरिरहेकी छन् ।

परिवारको सबैभन्दा कान्छो छोरा हिमांशु शेखर पनि अहिले बेंगलोरको आरवी कलेज अफ इन्जिनियरिङका मेकानिकल इन्जिनियरिङको अन्तिम वर्षका छात्र हुन् । मधुमिता भन्दा पहिला बिहारका वात्सल्य सिंहलाई माइक्रोसफ्टबाट एक करोड २० लाख रुपैयाँ वार्षिक व्याकेजमा जागिर मिलेको थियो । करिव दुई वर्ष पहिला वात्सल्य यो जागिरको अफर आएको थियो । उनी आईआईटी खड्गपुरमा अन्तिम वर्षका छात्र थिए । उनी खगडिया जिल्लाको सन्होली गाउँका थिए । बीबीसी (तस्विर पनि)

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार