१० राजदूतलाई ओली सरकारले फिर्ता बोलाउँदै (सूचीसहित)

काठमाडौं, २३ जेठ । नेपाल कम्युष्टि पार्टी (नेकपा) ले विभिन्न १० मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने तयारी थालेको छ ।
कार्य दक्षतामा समस्या देखिएको भन्दै १० वटा देशबाट राजदूत फिर्ता बोलाउन लागिएको समाचार स्रोतले जानकारी दिएको छ । यसरी फिर्ता गर्न लागिएका अधिकांश कांग्रेस, राप्रपा र तत्कालीन फोरम लोकतान्त्रिकबाट राजदूत बनेकाहरु छन् ।

तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पालामा कांग्रेस, राप्रपा र तत्कालीन फोरम लोकतान्त्रिकबाट राजदूत बनेकाहरुले अहिले प्रचण्ड नेतृत्वको पार्टीको सरकारले फिर्ता गर्न लागेको हो । अहिले फोरम लोकतान्त्रिक कांग्रेसमा एकीकरण भएको छ ।

राजदूत फिर्ता बोलाउन लागिएकोमा कांग्रेसबाट राजदूत बनेका दक्षिण कोरियाका अर्जुनजंगबहादुर सिंह, म्यानमारका भीम उदास, बंगलादेश चोपलाल भुसाल, श्रीलंकाका विश्वम्भर प्याकुरेल, कतारका रमेशप्रसाद कोइराला कतार र यूएईकी आशा लामा रहेकी छिन् ।
यस्तै राप्रपाको कोटामा राजदूत बनेकी जापानकी राजदूत प्रतिभा राणा, स्पेनका भरत रायमाझी र इजरायलका निरन्जन थापालाई पनि फिर्ता बोलाइने भएको छ ।

यस्तै, तत्कालीन फोरम लोकतान्त्रिकको कोटामा राजदूत बनेकी ओमानकी राजदूत शर्मिला पराजुलीलाई पनि फिर्ता बोलाइने भएको छ । भारत, मलेसिया र संयुक्त अरब इमिरेट्स (यूएई) मा राजदूत रिक्त रहेका बेला कार्यकाल बाँकी रहेकै अवस्थामा उनीहरुलाई फिर्ता बोलाउन लागिएको हो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार