स्कुटरलाई ठक्कर दिएपछि जडिबुटीमा टिपरमा आगजनी

काठमाडौँ — काठमाडौंको जडिबुटीमा बालुवा बोकेर कोटेश्वर तर्फ गइरहेको टिपरले पछाडिबाट एक स्कुटरलाई ठक्कर दिएपछि आक्रोशित भिडले टिपर जलाइदिएका छन् ।

 

जडिबुटी चोकबाट कोटेश्वर तर्फ नै गइरहेको बा७०प ९३९९ स्कुटरलाई ना४ख ३५५८ टिपरले पछाडिबाट ठक्कर दिँदा गम्भिर घाइते भएका स्कुटर चालकलाई उपचारका लागि बी एण्ड बी अस्पताल लगिएको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएरतिनकुने वृत्तमा राखिएकाे छ ।

टिपरमा लगाइएको आगो काठमाडौंबाट गएको २ वटा दमकलले नियन्त्रणमा लिएको थियो ।
विगत केही सयम यता निमार्ण सामाग्री बोकेर अनियन्त्रित रुपमा हुँकिने टिपर तथा मिनिट्रकका कारण काठमाडौंमा सडक दुर्घटनाको संख्या बढेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार