ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित

१५ असार, काठमाडौं । सन् २०१९को लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा प्रकाशित भएको हो ।

यो वर्ष कल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उर्त्तीण भएको इपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । यो वर्ष कारियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो । कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका छन् ।

सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए । कोरियाले ओसीआर प्रविधिबाट कपी जाँच्ने भएकाले नतिजा प्रकाहित गर्न धेरै समय लगाउँदैन ।

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार