आलियाले ‘धोका’ दिएपछि तिल्मिलाए सिद्धार्थ मल्होत्रा

बलिउड नायिका आलिया भट्ट अहिले रणवीर कपुरसँग प्रेममा मस्त रहँदा उनका पूर्वप्रेमी सिद्धार्थ कपुर गुमनाम छन् । तर, आलियाले आफूलाई धोका दिएर रणवीसँग लागेको भन्दै उनी तिल्मिलाइरहेको खबर छ ।

हुन पनि सिद्धार्थसँग प्रेम नतोडिदै आलिया रणवीरसँग सल्केकी थिइन् । केही समय दुवै जनासँग डेट गरेकी आलियाले अन्ततः सिद्धार्थलाई छोडिन् । अहिले उनी खुलेरै रणवीरसँग अफेयर चलाइरहेकी छन् ।

प्रेम तोडे पनि आलियाले सिद्धार्थसँग मित्रता तोड्न चाहेकी छैनन् । तर, सिद्धार्थ भने उनीसँग क्रुद्ध छन् । हालै एउटा पार्टीमा भेट हुँदा आलियाले उनलाई बोलाइन्, तर उनी नसुनेझैं गरेर हिँडे ।

यति मात्रै होइन, आलियाले आफ्नो फिल्मको स्क्रिनिङमा सिद्धार्थलाई निम्तो गरेकी थिइन् । तर उनी आएनन् । सिद्धार्थको जन्मदिनमा आलियाले दिएको शुभकामनामा पनि कुनै जवाफ फर्काएनन् । यसबाट प्रष्ट हुन्छ कि उनी कति तिल्मिलाएका छन् । उनी अहिले नयाँ गर्लफ्रेन्डको खोजीमा लागेको बताइन्छ । उनले आफ्ना निकट साथीहरुलाई आलियाले धोका दिएको बताउने गरेका छन् । यद्यपि, सार्वजनिकरुपमा भने केही बोलेका छैनन् ।

भिडियो हेर्नुहोस 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार