बाहुबलीको तेस्रो भाग बन्ने, यस्तो हुनेछ कथा

सर्वाधिक व्यापार गर्न सफल भारतीय फिल्मको किर्तिमान राखेको ‘बाहुबली’ अब पछाडि फर्किने भएको छ । ‘बाहुबली-द बिगिनिङ’ र ‘बाहुबली द कन्क्लुजन’ को सफलतापछि तेस्रो भागका रुपमा ‘प्रिक्वेल’ निर्माण हुने भएको छ ।

नेटफि्लक्स इन्डियाले बाहुबलीको तेस्रो भाग निर्माण हुने औपचारिक जानकारी टि्वटरमार्फत गराएको हो । यस सिरिजमा दुवै फिल्ममा देखाइएको कथाको इतिहास प्रस्तुत गरिनेछ । अर्थात् बाहुबलीको कथा पछाडि फर्किनेछ ।

एसएस राजामौलीका निर्देशनमा दुई भागमा बनेको बाहुबलीको पि्रक्वेलमा शिवगामीको यात्रा देखाइनेछ । शिवगामी एक विद्रोही केटीबाट एक चतुर र अद्वितीय रानी कसरी बनिन् भन्ने यसमा प्रस्तुत गरिनेछ । यसलाई ‘बाहुबली विफोर द बिगिनिङ’ नाम दिइएको छ । यो प्रिक्वेट आनन्द निलकन्ठनको किताब ‘द राइज अफ शिवगामी’ मा आधारित हुने बताइएको छ ।

‘बाहुबली विफोर द बिगिनिङ’ नाममा दुई सिरिज बन्नेछन् । यो सिरिजको निर्देशन भारतीय-अमेरिकी निर्देशक देव कट्टा र निर्देशक प्रवीण सतारुले एकसाथ गर्नेछन् ।

भिडियो हेर्नुहोस 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार