शाहरुखप्रति ऐश्वर्याको तुष अझै बाँकी

बलिउड अभिनेता शाहरुख खान र ऐश्वर्या रायको सम्वन्ध बिग्रेको धेरै भयो । उनीहरुको सम्वन्ध बिगि्रनुको मूख्य कारकतत्व थिए सलमान खान ।

जतिबेला ऐश्वर्या सलमानसँग प्रेममा थिइन्, उनलाई शाहरुखले आफ्नो फिल्म ‘चल्ते चल्ते’ मा नायिका बनाएका थिए । एक दिन ऐश्वर्या फिल्मको सुटिङमा रहेको बेला सलमान खानले सुटिङ स्पटमै पुगेर लफडा गरे । त्यति बेला सलमान र ऐश्वर्याबीच हातपात भएको बताइन्छ ।

त्यसमा ऐश्वर्याले जवाफ दिइन्, ‘तत्काल त्यस्तो सम्भावना छैन । म पटक-पटक अपमानित हुन चाहन्न ।’

सो घटनापछि शाहरुखले ऐश्वर्यालाई फिल्मबाट निकाले र उनको ठाउँमा रानी मुखर्जीलाई लिए । त्यसले ऐश्वर्या शाहरुखसँग रुष्ट भइन् । उनीहरुबीच लामो समय बोलचाल नै भएन ।

पछि शाहरुखकी पत्नी गौरी र ऐश्वर्याका श्रीमान अभिषेक बच्चनले उनीहरुबीच दुरी घटाउन पहल गरे । र, पछिल्लो समय उनीहरुबीचको तिक्तता मेटिएको विश्वास गरिएको थियो ।

तर, ऐश्वर्या रायको हालैको एक अभिव्यक्तिले शाहरुखप्रति उनको तुष अझै बाँकी रहेको देखाएको छ । एक पत्रकार सम्मेलनमा उनलाई शाहरुखसँग फिल्म खेल्ने सम्भावनाका विषयमा प्रश्न सोधिएको थियो ।

त्यसमा ऐश्वर्याले जवाफ दिइन्, ‘तत्काल त्यस्तो सम्भावना छैन । म पटक-पटक अपमानित हुन चाहन्न ।’

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार