प्रियंकाले दिइन् ईंगेजमेन्ट पार्टी, शाहरुख आएनन्

बलिउड नायिका प्रियंका चोपडाले आफ्ना अमेरिकी प्रेमी निक जोनससँग इर्ंगेजमेन्ट गरेकी छन् । इगेजमेन्टका लागि निकका बाबुआमा भारत आएका थिए ।

ईंगेजमेन्ट भारतीय परम्पराअनुसार गरिएको थियो । निक जोनस, प्रियंका तथा निकका बाबुआमा सबै भारतीय पोशाकमा सजिएका थिए । ईगेजमेन्टपछि दिइएको पार्टीमा भने उनीहरु वेस्टर्न लुकमा देखिएन । पार्टीमा प्रियंकाले जमेर डान्स पनि गरिन् ।

पार्टीमा थुप्रै बलिउड सेलिबि्रटीहरुलाई निम्तो थियो । तर, केही सेलिबि्रटी मात्र उपस्थित भएन । प्रियंकाका पूर्व प्रेमी मानिएका शाहरुख खान पार्टीमा आएनन् । यसैगरी अमिताभ बच्चन, आमिर खान र सलमान खान पनि आएनन् । सलमानकी बहिनी अर्पिता आफ्ना श्रीमानलाई लिएर पुगेकी थिइन् ।

नायिका आलिया भट्ट ब्ल्याक ड्रेसमा उपस्थित भइन् । यसैगरी निर्देशक सञ्जय लिला भन्साली पनि पार्टीमा पुग । भारतीय धनाढ्य मुकेश अम्बानी आफ्नी श्रीमती र छोरीसहित पुगेका थिए ।

प्रियंकाकी नजिककी बहिनी परिणिती चोपडा आफ्नो सुटिङ स्थगित गरेर पार्टीमा सहभागी भइन् । उनले प्रियंकालाई बधाई दिँदै भावुक स्टाटस पनि पोष्ट गरेकी छन् ।

३६ वषिर्या प्रियंकाले आफूभन्दा ११ वर्ष कान्छा निकसँग ईंगेजमेन्ट गरेकी हुन् । उनीहरु केही समयदेखि प्रेममा रहे पनि सार्वजनिकरुपमा स्वीकार गरेका थिएनन् । ईंगेजमेन्टको केही घन्टा अगाडि मात्र उनीहरु दुवैले संयुक्त तस्वीर पोष्ट गरेर आफूहरुको सम्वन्धको औपचारिक घोषणा गरेका थिए ।

निकले तस्वीरमा लेखेका थिए, ‘फ्यूचर मिसेज जोनस । मेरो मुटु । मेरो प्राण ।’

यसैगरी प्रियंकाले लेखिन्, ‘कबूल… मनको गहिराईसहित ।’

यसरी दुवैले घोषणा गरेलगत्तै बधाईको ओइरो लागेको थियो । थुप्रै सेलिब्रिटीहरुले सामाजिक सञ्जालमा उनीहरुलाई बधाई दिएका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent