‘लभ स्टेशन’मा प्रदिप र जसिताको जोडी

पर्दामा धेरै कलाकारले काम गरेपनि निकै कम जोडीलाई मात्र दर्शकले रुचाउँछन् । चलचित्र ‘लिलिबिली’ बक्स अफिसमा औषत रुपमा चलेपनि यसका मुख्य कलाकार प्रदिप खड्का र जसिता गुरुङको जोडीलाई दर्शकले खुबै मन पराए । यो जोडी फेरि चलचित्रमा देखिनुपर्छ भन्ने माग दर्शकले पनि गरेका थिए ।

दर्शकको यो चाहना पुरा हुने भएको छ । उज्ज्वल घिमिरेको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘लभ स्टेशन’का लागि नायिका जसिता गुरुङ फाइनल भैसकेकी छिन् । यो चलचित्रमा नायक प्रदिप खड्का मुख्य भूमिकामा छन् ।

जसिता चलचित्रको लागि वर्कशपमा सहभागी हुन नेपाल आइसकेकी छिन् । उनी हाल वर्कशपमा व्यस्त भएको वुझिएको छ । तर, यसका निर्माता गोविन्द शाहीले भने सोमबार मात्र सबै कुरा सार्वजनिक गर्ने बताएका छन् ।

निर्माणपक्षले अहिले नै जसिताको नाम सार्वजनिक गर्न चाहेको छैन । चलचित्रका लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पनि अफर गरिएको छ । तर, साम्राज्ञीले अहिलेसम्म जवाफ दिइसकेकी छैनन् ।

चलचित्रको सम्पूर्ण छायांकन विदेशमा गरिनेछ । चलचित्रमा आफूले लागू पदार्थ दुव्र्यसनीममा फसेको यूवाको भूमिकामा काम गर्न लागेको प्रदिपले बताएका छन् ।

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार