राजु लामा र कुसाङ लिम्बुको म्युजिक भिडियो निर्देशन गर्दै मोडल बिशाल सेनेहाङ

काठमान्डौ। नेपाली मोडलिङ क्षेत्रमा चिर परिचित नाम हो विशाल सेनेहाङ लिम्बु । लिम्बु,नेपाली गरि  करिब -१२,दर्जन भन्दा धेरै म्युजिक भोडियोहरुमा मोडलिङ गरिसकेका बिशालले हाल आएर निर्देशनमा पनि हात हालेका छन । लामो समय देखि मोडलिङ् क्षेत्रमा काम गरी रहेका लिम्बुले निर्देशमा पनि राम्रो काम गर्ने सक्छु भन्ने आत्मा विस्वासको साथ निर्देशन क्षेत्रमा कदम अगाडि बढाएका हुन।

लिम्बुले “मङ्गोलियन हार्ट” गायक राजुलामा र गायिका कुसाङ लिम्बुको स्वरमा रहेको”मिम्मितेरो” बोलको गीत बाट निर्देशन गर्दै निर्देशन क्षेत्रमा नयाँ कदम चालेकाछन। गायक लामाले कलाको कुनै जात,धर्म,भुगोल र सिमाहुदैन भन्ने कुरालाई यहि लिम्बू गीत बाट प्रमाणित गर्दिएका छन ।

गायक लामाले आन्छुमे नसानको शब्द,उज्वल थेबे लिम्बुको सङ्गीत र रोशन बान्तावा राईको एरेन्ज रहेको गीत “मिम्मितेरो”मा आफ्नो कर्णप्रिय आवाज भरेका हुन्न । गायक राजु लामालाई साथ दिदै गायिका कुसाङ लिम्बुले पनि आफ्नो कर्णप्रिय आवाज भरेको छिन् ।

सेनेहाङ्ग कृएसनले निर्माण गरेको भिडियोमा विशाल सेनेहाङ् लिम्बुको निर्देशन,पेमा लामा “गोफ्ले”को कोरियोग्राफि,हरिनारायण चौधरिको छायाङ्गकन र विशाल सेनेहाङ् लिम्बु र कृपाको अभिनय रहेको उक्त म्युजिक भिडियो अब चाडैनै युट्युब मार्फत सार्वजानीक हुनेकुरा निर्माण सस्था सेनेहाङ् कृएसनले बताएकोछ । भिडियोमा आवस्यक ड्रेस हरु “सरु ढाका उधोग” र “सिकेन्स फेसन हाउस”ले उपलब्ध गराएको थियो।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार