निर्देशक सागर केरुङ कला क्षेत्रमा योगदान पुर्याए बापत पाँचथर नाच घर वाट सम्मानित

पाँचथर– चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन् । सदरमुकाम फिदिममा शनिबार पाँचथर नाचघर उद्घाटन समारोहमा केरुङलाई सम्मान गरिएको हो । डेढ दशकदेखि चलचित्र, नाटक तथा म्यूजिक भिडियो निर्देशनमा सक्रिय केरुङलाई जिल्लाको कला जगतको उन्नयनमा पुर्याए बापत  योगदानको कदर गर्दै सम्मान गरेको बताइएको छ । उनलाई नाचघर उद्घाटन समारोहका प्रमुख अतिथि पाँचथरका अग्रज रंगकर्मी डिएम कन्दङवाले सम्मान–पत्र सहित खदा ओढाएर सम्मान गरेका थिए ।

डेढ दशकदेखि चलचित्र, नाटक तथा म्यूजिक भिडियो निर्देशनमा सक्रिय केरुङलाई जिल्लाको कला जगतको उन्नयनमा पुर्याए बापत  योगदानको कदर गर्दै सम्मान गरेको बताइएको छ ।

सम्मान पछि बोल्दै केरुङले सम्मानले कला क्षेत्रमा थप केही गर्ने जिम्मेवारी दिएको महसुस भएको बताए । यसैबीच पाँचथर नाचघरको समुद्घाटन समेत भएको छ । नाचघरमा नृत्य, गायन र बाद्यबादन सम्बन्धि प्रशिक्षण दिइने निर्देशक सुजन शंकरले बताए ।

सन्देश सुब्बा पाँचथर

 

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार