कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

दर्शकहरुले मन पराए लिम्बु चलचित्र के, ( च्याब्रुङ ) लाई सबैले गरे निर्देशक सागर केरुङको प्रसंसा

पाँचथर÷ लिम्बू कथानक चलचित्र ‘केः’ (च्याब्रुङ) को शनिबार काठमाण्डौंमा प्रिमियर शो गरिएको छ । नयाँवसपार्कस्थित बिजी मलमा चलचित्रको
प्रिमियर गरिएको हो । माता पाथीभरा फिल्मस प्रा.लि.का लागि बुद्धराज लिम्बू र टाइसन केरुङले निर्माण गरेको ‘केः’ मा लिम्बू जातिको
ऐतिहासिक–साँस्कृतिक बाजा ‘केः’ अर्थात् च्याबु्रङको बिषय उठाइएको छ । चलचित्रको कथा च्याब्रुङ बनाउन अनिबार्य चाहिने गाई वा
गोरुको छाला र गाई–गोरु मार्न नपाइने कानूनी प्रावधानको वरिपरि घुमेको छ । चलचित्रको मुख्य पात्र नायक मधु केरुङ र बबिता फोम्बोले जीवन्त
अभिनय अभिनय गरेका छन् | सागर केरुङको लेखन÷निर्देशन रहेको ‘केः’ मा डीआर हाङसरुम्बाको
मूख्य सह–निर्देशन, सञ्जय आचार्यको छायाङ्कन, मेघराज मगरातीको सम्पादन र प्रेम पन्दाकको संगीत रहेको छ । मैले  पहिचान र अधिकारको
लागि एक दशक भन्दा बढी ढुंगा हानेर समेत हिडे तर अहिले समय बदलिएको छ | भाषा संस्कृति र पहिचानको चेतना र सन्देश दिनको लागि साहित्य र
चलचित्र पनि राम्रो माध्यम भएको ले आफुले यसपटक चलचित्र के ,च्याब्रुङ मा यसको प्रयोग गरेको निर्देशक केरुङले बताउनु भयो |
समग्रमा चलचित्र हरेक दृष्टिकोणले उत्कृस्ट बनेको छ | चलचित्रमा ड्रोन क्यामेरा आवश्यक भन्दा बढी प्रयोग गरेको देखिन्छ | च्याब्रुङ संग सम्बद्ध लिम्बुको
बिबाह र विभिन्न उत्सव लाई पनि समेटिएको भए भाबि पुस्ताको लागि चलचित्र के अध्यनको लागि नै एउटा दस्तावेज बन्ने थियो |
पाँचथरका विभिन्न स्थानमा
छायाङ्कन गरिएको चलचित्र २० लाख लागतमा तयार भएको निर्माण पक्षले जनाएको छ । चलचित्रमा चलचित्रमा मधु केरुङ, बबिता फोम्बो,
रुपा आङबुहाङ, सुक्मिता केरुङ, मनकुमार केरुङ, प्रेम ओझा, कमल घिमिरे, आरके थेबे, दीपक खनाल, संघर्ष खतिवडा, अप्सरा न्यौपाने,
संगीता लाओती लगायतको अभिनय छ । च्यारेटिमा आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, चलचित्र निर्देशक किसोर सुब्बा,
पहिचानवादी नेता कुमार लिङदेन, भाषा तथा संस्कृतिकर्मी कमल तिगेला र गोविन्द आङबुङ लगायतको उपस्थिति थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार