सम्भावना बोकेकि नायीका कला राइ , आरुषि बाट स्थापित हुनेमा ढुक्क

काठमाण्डौ ।

चलचित्र मुर्चुङगा बाट नेपाली चलचित्रमा डेब्यू गरेकि नायीका कला राइ एक सम्भावना बोकेकि नायीका हुन् । पहिलो चलचित्र प्रर्दशन नै नभइ अर्को चलचित्रमा उनि यतिबेला ब्यस्त छिन् । मुर्चुङगा प्रर्दशन नै नभइ उनको दोश्रो चलचित्र आरुषि यतिबेला छायांकनको अन्तिम चरणमा छ । यसै गरि आरुषि पछि अर्को चलचित्रमा उनि अनुबन्ध भइसकेकि छिन् । सोलुखुम्बुमा जन्मिएका कला चलचित्र आरुषिमा शिर्ष भुमिका निर्बाह गरिरहेकि छिन् । लभस्टोरी जनरामा निर्माणाघिन चलचित्र आरुषिमा उनि इशक राइ संग स्कृन शेयर गरेकि छिन् ।


कलाकारीता लाइ नै आफ्नो भबिष्य ठानि फिल्म क्षेत्रमा प्रवेश गरेकि कला राइ को कामको सुटिङ यूनिटमा चर्चा बढ्दै गएको छ । चलचित्रका निर्मातामध्ये एक सहारा प्रधान कला को काम ले चलचित्रको उचाइ बढाउने बताउछन् भने निर्देशक उदय सुब्बा कलामा अभिनय क्षमता धेरै रहेको बताउछन् । चलचित्र आरुषि बाट धेरै आशा राखेको बताउदै नायीका राइले यो फिल्मले आफूलाइ नेपाली रजतपटमा स्थापित गराउने बिश्वास व्यक्त गरेकि छिन् ।
उदय सुब्बा निर्देशित चलचित्र आरुषिलाइ बिरु गुरुङ , सहारा प्रधान र केशव कुमार श्रेष्ठले संयुक्त रुपमा निर्माण गर्दैछन् । मौनता श्रेष्ठको पटकथा तथा संवाद रहेको चलचित्रमा विक्रम डिसीको छायांकन, बिरु गुरुङको कथा, तारा थापा किम्भेको सम्पादन, राजु किरातीको द्धन्द तथा विकास चौधरी र तारा प्रकाश लिम्बुको संगीत रहेको छ । चलचित्रका गीतमा कमल राई र दिनेश पाख्रिनको कोरियोग्राफि रहेको छ । निर्देशक उदय सुब्बाका अनुसार चलचित्र नयाँ बर्षको अवसरमा प्रर्दशन हुने छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent