विभिन्न अवार्ड बाट सम्मानित हुदै गायक चन्द्र बहादुर तामाङ

गायक चन्द्र बहादुर तामाङको बाल्यकाल देखिको गायक बन्ने सपना आजभोलि साकार हुन्दै छ | मिहेनत र लगनशीलताको फलस्वरुप चन्द्र आजभोलि
गायनमा उनको व्यस्तता बढेको छ | ०७१ साल बाट संगीतको औपचारिक शिक्षा लिएका तामाङको पहिलो रेकड़ीङ भएको गीत देव कुमार चौधरीको संगीत
र सपना पुनको शब्दमा उजाड भयो जिन्दगी हो |

सानै उमेर देखि गायनमा अब्बल चन्द्र बहादुर गाउँ घरमा आयोजना हुने कार्यक्रममा गीत गाएर
पुरस्कृत समेत भएका थिए | गीतको भाव अनुसार चन्द्रबहादुर हरेक प्रकारको गीत गाउँन सक्छन | उहाँको मिहेनत र लगनशीलताले अहिले आएर
विभिन्न संघ सस्था बाट सम्मानित भएका छन् | हालै उनले बिश्व कालाकार महासंघ युएई बाट गायनमा अवार्ड प्राप्त गरेका छन् |

त्यस्तै सिंगापुरमा
भएको नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्डमा सर्बोकृस्ट गायनको मनोनयनमा पर्नु भएको थियो | अहिले चन्द्र बहादुर तामाङ विभिन्न
स्टेज प्रोगामाहरुमा व्यस्त हुनुहुन्छ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार