अन्जु पन्त र शिशिरको गीतमा केकी अधिकारी र बिकाशले गरे धेरै माया { भिडियो सहित }

गायिका अन्जु पन्त र गायक हेमन्त शिशिरको आवाज रहेको धेरै मायाँ बोलको गितको म्युजिक भिडियोको सुटिङ काठमाडौंको शंखमुलको शंखपार्कमा सम्पन्न भयो । हालका चर्चित म्युजिक भिडियो निर्दैशक समन अधिकारीको निर्दैशन रहेको गितमा नायिका तथा मोडल केकी अधिकारी र मोडल बिकास लामिछानेले अभिनय गरेका छन् । एक अर्का बिचको मायाँ प्रेमको भावलाई गहिरो रुपमा गितले प्रकट गरेको छ । रमाइलो वातावरणमा म्युजिक भिडियोको सुटिङ भइरहेको थियो । नायिका केकि अधिकारीको फ्यान बढि भएर होला म्युजिक भिडियो सुटिङ भइरहेको स्थलमा भिड साह्रै बढिरहेको थियो तर पनि सुटिङ युनिटले यसलाई सहज रुपमा लिइरहेको थियो ।

धेरै मायाँ बोलको गितको म्युजिक भिडियो बाट आफु धेरै आशाबादी रहेको कुरा नायिका केकी अधिकारीले पाथिभरा च्यानललाई बताउनु भयो । निरोज श्रेष्ठको छाँयांकन हेमन्त शिबिरको शब्द संगित र एरेन्ज रहेको उक्त गितको म्युजिक भिडियोमा अरुणा घिमिरेको श्रृङ्गार र सुनिता उप्रेतिको ड्रेस डिजाइन रहेको छ भने यसका निर्माता हिरा केसी हुन । केकी र पल शाह अभिनित चोखो मायाँ बोलको गितको म्युजिक भिडियोले करोड क्लबमा नाम लेखाउन सफल भएपछि उत्साहित समन अधिकारी यस गितले पनि दर्शक तथा श्रोतामाझ राम्रै छाप छोड्ने कुरामा आशाबादी हुनुहुन्थ्यो । यस गितको बजार ब्यवस्थापन सगरमाथा डिजिटलको रहेको छ ।

भिडियो हेर्नुहोस्

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार