फागुन २४ गतेबाट रिलिज हुने अदालतको ‘मिठो बोली’बोलको गीत सार्वजनिक { भिडीयो सहित }

काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्मसको व्यानरमा निर्माण भएको चलचित्र ‘अदालत’को गीत ‘मिठो बोली’नेकपा संसदीय दलका नेता देव गुरुङले
भब्य कार्यक्रम बीच सार्वजनिक गरेका छन् |
फागुन २४ गतेबाट रिलिज हुने फिल्मको यो गीतमा गायक सुसन साम्सोहाङ र मेनुका राईको स्वर छ । गीतमा दिनेश लिङ्देनको शब्द र रोशन वान्तवा राईको
संगीत छ । गीतमा दिनेश माङ्मुको कोरियोग्राफी रहेको छ ।

उक्तगीतमा एलिना बासकोटा, मदन भुजेललगायत फिचर्ड छन् ।
फिल्मका लेखक तथा निर्देशक दिनेश लिङ्देनले समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दाजस्ता
आपराधिक एवं संवेदनशील घटनाका विरुद्धको न्यायको कथालाई देखाइएको बताए ।

चलचित्रमा कलाकारको रुपमा एलिना बास्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री,
राजु घिमिरे, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडकाआदिको मुख्य भुमिका रहेको छ । मदन, राजकुमार, रुद्र र शान्तिले यसै फिल्मबाट डेब्यु गरेका हुन् ।

अदालतमा डा. डिजन भट्टराईको गीत, रोशन बान्तवा राईको संगीत, दिनेश माङमुको नृत्य, राजु किराँतीको दन्द विक्रम डिसिको छायांकन छ ।
चलचित्रमा बसन्त थेवे कार्यकारी निर्माता, मेखबहादुर मगर सह–निर्माता र आरपी दाहाल प्रस्तुतकर्ता हुन् । कविता राई लिङ्देन निर्मात्री रहेको चलचित्रमा
समसामयिक बिषय लाई उठान गरिएकोले आफु अभिनय गर्न तयार रहेको नायिका एलिना बास्कोटा ले पाथीभरा च्यानल लाई बताउनु भयो।

भिडियो हेर्नुहोस ,,

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार