चलचित्र बैना बट्टाको शुभ साइतमा नायक नायिकाको देखियो यस्तो क्रेज { भिडीयो सहित }

सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र बैनाबट्टा संघिय समाजबादी फोरमका बरिष्ठ सदस्य अशोक राइले भब्य कार्यक्रमका बिच शुभ साइत गर्नुभयो । राज चाम्लिङ को कथा निर्देशन रहेको यस चलचित्रको निमार्ण प्रेम लावतीले गर्नुभएको छ । नायक देबेन्द्र नेम्बाङ र नायिका कबिता राइले मुहुर्त सर्ट दिएका थिए । नेता अशोक राइले क्यामेरा स्वीच अन, निर्देशक राजन राई र क्लयाप सर्ट बरिष्ठ नृत्य निर्देशक कमल राइले संयुक्त रुपमा गरेका थिए ।

नेपालको सुदुर पुर्वी जिल्लाहरुमा बसोबास गर्ने लिम्बु लगाएत आदिवासी समुदायमा रहेको एक प्रथा हो बैनाबट्टा । यसैको सेरोफेरो चलचित्रको बिषयबस्तु रहेको छ । कार्यक्रममा नेता अशोक राई, नृत्य निर्देशक कमल राई, नेता धन सुब्बा लगाएत बिभिन्न ब्यक्तिहरुले चलचित्रको सफलताको लागि शुभकामना मन्तब्य राखेका थिए । निर्देशक राज चाम्लिङले चलचित्र बैनाबट्टको बिषय बस्तु, कलाकार, लोकेशन, प्राविधिक लगाएत समसामयिक बिषयमा आफ्नो धारण राखेका थिए ।

प्रकाश थेबेले स्वागत मन्तब्य राख्नु भएको शुभसाइत कार्यक्रमको अध्यक्षता निमार्ता प्रेम लावतीले गर्नु भएको थियो । एबि राज आदेम्बे, भवानी घिमिरे, बिक्रम नवेम्वाङ, राम लावती, समिल राई, सुनिता लिम्बु र यसराज योङयाङह चलचित्रका सहनिर्माता रहेका छन् । यहि फाल्गुण महिनाको पहिलो हप्ताबाट पुर्बको बिभिन्न जिल्लाहरुबाट छायांकन प्रारम्भ हुने यस चलचित्रको छायाँकन सम्पादन देबजँग थापाले गर्नुहुनेछ भने बैनाबट्टमा देबेन्द्र नेम्बाङ, कबिता राई, बाबु मुक्तान, रस्मिला तामाङ , अर्जुन श्रेष्ठ, नरेश बनेम, रिया सुब्बा, रोमन सिंह लिम्बु, प्रकास थेबे र निरा राई लगाएतका कलाकारहरुको अभिनय रहने छ ।

चार वटा गित रहने यस चलचित्रमा बुद्धराज इवाङ, राज चाम्लिङ र सन्तोस राईको संगित रहने छ । उक्त गितहरुलाई दिपक लिम्बु, मेलिना राई, दिपा लामा, सन्तोष राई, राजु लिम्बु , कर्ण राई , दिप्सन लिम्बुहरुको आवाज रहेको छ । करिब ४० लाख लागत रहने यस चलचित्र नबबर्ष २०७६ मा देशबिदेशमा प्रर्दशन गरिने छ । कार्यक्रमको सन्चालन निर्देशक देब नेपालले गरेका थिए ।

भिडियो हेर्नुहोस् ,,,


सम्बन्धित शीर्षकहरु

मुख्य समाचार