कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

के साम्राज्ञीको यो बोली फेरिएको हो

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को पत्रकार सम्मेलनमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूलाई स्टार कलाकार होइन कि स्टार कलाकारलाई आफू चाहिने बताएकी थिइन् । चलचित्रमा हिट हुनका लागि तपाइलाई अनमोल केसी नै चाहिने हो भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिएकी हुन् ।

साम्राज्ञीको यो बोलीले राम्रै चर्चा पनि पाएको थियो । तर, नायक भूवन केसी र अनमोल केसी भने यो कुरामा असन्तुष्ट थिए । अब, उनै साम्राज्ञीले आफ्नो बोलीमा परिवर्तन गरेकी छिन् । साम्राज्ञीलाई पत्रकारले अनमोल केसीसँग काम गर्ने बिषयमा सोधेका थिए । उनले भनिन्–‘हामी दुइलाई नै सुहाउँदो भूमिका आएको खण्डमा पक्कै पनि गर्नेछु ।’

उनले, अनमोल केसी र आफूलाई जोडी बनाउने गरि कुनै पनि चलचित्रबाट अफर नआएको पनि बताइन् । तर, आफै सधै नै अनमोलसँग काम गर्न तयार भएको उनले सुनाइन् । साम्राज्ञीले अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’को गीत र ट्रेलर आफूलाई निकै मन परेको समेत बताइन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अब चाडै नै नायक पुष्पल खड्का र प्रदिप खड्कासँग काम गर्दैछिन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |