
मनोरञ्जन दिने रमाइला गीतले बजारमा चर्चा कमाइरहेको समयमा मेरी आमा
बोलको नन कमर्सिएल गीतले सोर्ता र दर्शकको मन जित्दै छ। यसअघि मंगली
बोलको गीत लेखेर चर्चा कमाएका गीतकार प्रलाद शाहले ” मेरी आमा गीत
लेखेका हुन।
हिर्दय स्पर्शी यस गीतलाई युट्युवमा दश लाख भन्दा बढी दर्शकले हेरिसकेका
छन भने हजारौ दर्शकले यो गीतको बारेमा मन छुने प्रतिक्रिया जनाएका छ्न।
चर्चित गायिका मेलीना राईको आवाज रहेको गीतमा संगीत नबिन कार्कीको रहेको
छ । पुरुषोत्तम सुवेदीले गीतको एरेन्ज्मेन्ट गरेका हुन ।
रंगमन्चकी चर्चित कलाकार शान्ती गिरी र बालकलाकार सेड्रिना शर्माको
भिडियोमा अभिनय रहेको छ। अनिल के मानन्धरले खिचेको भिडियोलाई सुप्रिम
पराजुलीले सम्पादन गरेका हुन् । बिकाश सुवेदीको कथा र कन्स्पेटमा गीतको
भिडियो तयार भएको हो।
भिडियो हेर्नुहोस् ,,,



