गायक बिज्ञान स्याङ्बोको अप्सरा सार्वजनिक ( भिडियो सहित )

भनिन्छ सफलताको कुनै नियम हुदैन । निरन्तर कोसिस र मनमा आत्मबिश्वास भए
चाहेको सबै सपना  पूरा गर्न सकिन्छ । आर्थिक स्थिति र अवसरको अभावमा
हाम्रा कति प्रतिभावान कलाकारहरु  अहिले पनि बिदेशमा छन। देशको
रेमिट्यान्स मात्रै होइन देशको कला संगीत को बिकाशको लागि देश बाहिर भएका
नेपाली कलाकारहरुको योगदान ठूलो छ।

देशमा पूरा हुन नसकेको सपना धेरै कलाकारहरुले बिदेशमै बसेर पूरा गर्दै
छन। हाल बिदेशमा रहेका  प्रतिभाशाली नव गायक बिज्ञान स्याङ्बोले  आफ्नो
पहिलो गीत “अप्सरा ” सार्वजनिक गरेका छन। गीत संगीतका माध्यम बाट नेम
एन्ड फेम कमाउने सपना बोकेका यी गायकले सोर्ता , दर्शक र मिडिया हाउसको
राम्रो रेस्पोन्स पाउने अपेक्षा गरेका छन।

यस गीतमा उनको एकल स्वर , शब्द र संगीत रहेको छ भने गीतको एरेन्ज्मेन्ट
बिनय केटुले गरेका हुन। म्युजिक भिडियोमा बेस्त जोडी सुनिल  क्षेत्री र
एलिशा शर्माको साथमा नेपाली ठिटोस ग्रुपको अभिनय  भिडियोमा देख्न सकिन्छ
। ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन
गरेका हुन। सुनिल क्षेत्री को कन्सेप्ट तथा निर्देशनमा गीतको भिडियो तयार
भएको हो।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार