ताप्लेजुङको दर्शकहरुले मन पराए लिम्बु भाषाको चलचित्र साम लाई

सम्भवत लिम्बु भाषाको चलचित्र इतिहासमा मा सबै भन्दा चाडो
सार्वजनिक प्रदशन हुने लिम्बू भाषाको चलचित्र साम
को शनिवार फुङ्लिङ्स्थित जिल्ला समन्वय समितिको सभाहलमा किरात लिम्बू साहित्य प्रतिष्ठान ताप्लेजुङको आयोजनामा भब्य प्रदशन भएको छ ।
लिम्बू भाषा कला र संस्कृतिको उत्थान साथै प्रचारप्रसार गर्ने उदेश्यले यस चलचित्रलाई लिम्बू जान घनत्व भएको ठाउमा
प्रदर्शन गरिएको हो ।


सागर केरुङको लेखन रहेको यस चलचित्रमा पुस्पा लिम्बू, रुकमान लिम्बू,
हस्त लिवाङ, कल्पना योङहाङ, उदय सुब्बा, केदार श्रेष्ठ, बिमू थेगिम, चन्द्र लिम्बू, काउ प्रसाद मगर, देउमान केरुङ, धुर्ब पोख्रेल, रक्ष कुमार राई,
रबि कुमार गुरुङ आदिको अभिनय रहेको छ ।
कल्पना योङहाङको भेसभुषा रहेको उक्त चलचित्रमा कुमार बखतीको छॉयांकन् मन्दिल श्रेष्ठको सम्पादन, रिसछैन राई को कला, समिर मियाको भि
एफ एक्स र एनिमेसन, उमेश पाण्डेको शृङ्गार अनि राजु घिमिरेले मुख्य सहाक निर्देशन रहेको छ । ताप्लेजुङको दर्शकहरुले लिम्बु भाषाको चलचित्र साम लाई
मनपराएको कुरा निर्देशक किशोर सुबाले पाथिभरा च्यानल लाई बताउनुभयो

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार