बिष्णु माझि र सन्दिप न्यौपानेको लालुमै

केहि साता अघि सार्वजनिक गरिएको लालुमैु बोलको गीतले अत्याधिक दर्शकहरुको
साथ् पाउन सफल भएको छ । बिष्णु माझि र सन्दिप न्यौपानेले गएको यो गीतमा
शिब हमालको शब्द तथा संगीत सुन्न सकिन्छ भने गीतको एरेन्ज आशिस अविरलले
गरेका हुन् । युटुबमा हालसम्म ४० लाख दर्शकहरु पाइसकेको भने यो गीत
टिकटकमा समेत उतिकै लोकप्रिय बन्दै गैरहेको छ । गीतलाई टिकटकमा पच्चीस
हजार भन्दा धेरै ब्यातिहरुले भिडीयो बनाइसकेका छन् । सानो बजारमा छोटो
समयमै गीतले यति धेरै दर्शक पाउदा गीतको निर्माण पक्ष आफुलाई हौसला
मिलेको बताउछन् ।लोक शैलीको म्युजिक भिडीयोलाई प्रकास भट्टले निर्देशन
गरेका हुन् । भिडीयोमा गायक न्यौपाने र मोडल सृष्टि खड्का फिचार्ड छन् ।
भिडीयोमामा राजेस घिमिरेको छायाँकन ,पुष्पा बर्माको ड्रेस , सृष्टि थापा
मगर र रोसन भुसालको मेकअप र बिष्णु शर्माको सम्पादन समाबेस रहेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार