मोरङ मिक्लाजुङका दर्शकहरुले मन पराए लिम्बु भाषाको चलचित्र के साङ्ला

बैसाख दोश्रो हप्ता काठमाडौंको कुमारी हलमा सांस्कृतिक कार्यक्रम सहित बिशेष ग्रान्ड शो हुन् लागिरहेको लिम्बु भाषाको चलचित्र
‘के साङ्ला’ 

किरात याक्थुङ चुम्लुङ र नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा मिक्लाजुङ गाउपालिकास्थीत धोबेनीमा फागुन २५ गते शनिबार भव्य प्रदर्शन भएको छ ।

मिक्लाजुङका अध्यक्ष खगेन्द्र मादेन लिम्बू, वडा नंं ३ का वडाध्यक्ष गौरी राई, वडा नंं. ४ का बौद्धमान राई, किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउपालिकाका अध्यक्ष सञ्जय फागो, नेपाल आदिवासी जनजाति महाससंघ मिक्लाजुङ गाउपालिका अध्यक्ष देवी मिभक, निर्देशक समन अधिकारी, गीतकार आन्छुमे नासानलगायतको उपस्थिति प्रदर्शन सम्पन्न भएको हो ।

सांस्कृतिक कार्यक्रमसमेत गरिएको कार्य इजे डान्स सेन्टर आफ्नो प्रस्तुति प्रस्तुत गरेको थियो ।
पत्रकार देशराज नेम्बाङको सञ्चालन, मिकसाङ मिभकको संयोजनमा प्रर्दशन भएको केसाङ्ला यसभन्दा अगाडि हङकङ र कोरियामा सफल प्रदर्शन भइसकेको छ ।

चलचित्रमा मुख्य कलाकारहरू भीम तुम्बाहाङ्फे, लक्ष्मी योङ्हाङ लिम्बू, विशाल सेनेहाङ लिम्बू, यामनिङ्वा योङ्हाङ लिम्बू, मेनुका साउदेन लिम्बू, महिमा लिम्बू, कुमार सुब्बा लुम्फुङ्वा, दिनेश माङ्मु गगा तुम्बाहाङ्फे लिम्बू आदि छन् ।

भूपेन्द्र तुम्बाहाङ्फेको छायाङ्कन, बिपिन मल्लको मुख्य सम्पादन, रामप्रसाद चौधरी र बुद थापा मगरको साहायक सम्पादन, यासेली योङ्हाङ लिम्बू, लोकेन साम्बा, हर्क बहादुर योङहाङ लिम्बू गीत रचना, अशोक लोहोरुङ राईको संगीत, श्रेयशी चेम्जोङ मनु नेम्बाङ असली वनेम यासेली योङहाङ निर्मल सुब्बा आशिष लक्ष्मी योङहाङ भिम तुम्बाहाङ्फे देशु सुहाङको स्वर रहेको चलचित्रलाई देबेन्द्र खापुङ सुर्केलीले पटकथा तयार पारेका हुन् ।

भाषा सम्पादन सागर केरुङ, डीबी आङ्बुङले गरेका हुन् भने फिपरानी तुम्बाहाङ्फे, बिष्णु कुमार पन्धाक, भिमकुमार तुम्बाहाङ्फे, सन्जय तुम्बाहाङ्फेले चलचित्र निर्माण गरेका हुन् । चोकफुङ इन्टरटेन्मेट प्रा .लि को ब्यानरमा तयार पारिएको केःसाङ्ला लोकेन साम्बाको कथा र निर्माण र निर्देशन गरेका हुन् । पाथिभरा च्यानल लाई प्राप्त जानकारी अनुसार मोरङ मिक्लाजुङका दर्शकहरुले लिम्बु भाषाको चलचित्र के साङ्ला
मन पराएका छन् |



सम्बन्धित शीर्षकहरु

मुख्य समाचार