गायक प्रराज पौडेलको “तिमीले भन्दा” को म्युजिक भिडियो सार्बजनिक

बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा गायक प्रराज पौडेलको स्वर रहेको “तिमीले भन्दा” सार्बजनिक(भिडियो सहित)

काठमाडौँ : गायक प्रराज पौडेलको “तिमीले भन्दा” को म्युजिक भिडियो सार्बजनिक भएको छ l पछिल्लो समय एक पछि अर्को हिट गीतहरु नेपाली सांगीतिक बजारमा पस्किन सफल गायक प्रराज पौडेल सांगीतिक बजारमा चर्चा बटुल्दै गरेका गायक हुन् । विभिन्न मेला महोत्सब देखि अन्य कार्यक्रमहरुमा समेत ब्यस्त बन्दै गरेका गायक प्रराज सुमधुर आवाजका धनि छन् ।

अमेरिका निबासी बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द रहेको यस गीतलाइ संगीतकार निल गुरुङले संगीत भरेका छन् भने सुमन केसीले एरेन्ज गरेका छन् । उत्सब दाहालले छायांकन गरेको म्युजिक भिडियोलाइ अर्जुन अधिकारिले निर्देशन गरेका छन् l मोडल मिरुना लिसरा मगर र मिस्टर वर्ल्ड नेपाल २०१८का विकल्प राज श्रेष्ठले अभिनय गरेका छन्

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार