कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

दुलही ब्युटी एण्ड फेशन स्टुडियोको आनन्द कार्की र नाजिर हुसेन दारा उदघाटन { भिडीयो सहित }

सुविधा सम्पन्न दुलही ब्युटि एण्ड फेसन स्टुडियोको भब्य र सभ्य कार्यक्रम बिच ग्राण्ड ओपनिङ सम्पन्न भएको छ । पिछडिएका महिला दिदिबहिनीहरुलाई सिप सिकाएर उद्यमशिलता तर्फ उन्मुख गराउने र राज्यलाई आर्थिक समृद्धिको लागि टेवा पुर्याउने लक्ष्यका साथ संचालनमा आएको दुलही ब्युटि एण्ड फेसन स्टुडियोको समुद्घाटन बरिष्ठ गायक आनन्द कार्कीले रिबन काटेर गर्नु भयो ।

उक्त कार्यक्रममा हालका चर्चित नायक नजिर हुसेन र नायिका शिल्पा मास्केले दुलही ब्युटि एण्ड फेसन स्टुडियोको ग्राण्ड ओपनिङ ब्यानरको प्रर्दशन गर्नुभयो भने बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष बस नारायण मर्हजनले दिप प्रज्वलन गरि सम्पुर्ण कानुनि प्रकृया पुरा गरि खोलिएको दुलही ब्युटि एण्ड फेसन स्टुडियोका प्रमाणपत्रहरु प्रदर्शन गरेरे कार्यक्रमको शुभारम्भ गर्नु भयो ।

कार्यक्रममा बोल्ने क्रममा बरिष्ठ गायक आनन्द कार्कीले दुलही ब्युटि एण्ड फेसन स्टुडियोको उद्देश्य महिलाहरुलाई उद्यमशिल बनाउने र अहिलेको आधुनिक प्रविधि सहितको सुविधा समाबेस गरि संचालनमा आएकोले छिटै नै सबैको मन मस्तिष्कमा बस्न सफल होस भन्ने शुभकामना ब्यक्त गर्नु भयो। फेसियल, हेयर कलर, महिला र पुरुषको कपाल काट्ने, दुलही सिगार्ने, पुरुषको कपाल काटने ब्युटिसियन कोर्सहरु संचालन र ब्युटिपार्लरमा उपलब्ध हुने सबै किसिमका सेवाहरु उपलब्ध हुने यस दुलही ब्युटि एण्ड फेसन स्टुडियोमा गरिब, एकल महिला, आर्थिक अबस्था कमजोर भएका महिलाहरुले निशुल्क रुपमा ब्युटिसियन तालिम लिएर स्वरोजगार बन्न सक्ने कुरा यस दुलही ब्युटि एण्ड फेसन स्टुडियोकी प्रबन्ध निर्देशक गोपि मायाँ थुलुङले बताउनु भयो ।

भिडियो हेर्नुहोस् ,,,,

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार