शैलेन्द्र शरद (खनाल ) को शब्द स्मीता दाहालद्वारा स्वरबद्ध ‘ कानैमा ढुंग्री ‘ भिडियो सार्वजनिक

गीतकार शैलेन्द्र शरद (खनाल ) को शब्द स्मीता दाहालद्वारा स्वरबद्ध कानैमा ढुंग्री बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ |
गीतमा गैरे सुरेशको संगीत रहेको छ । मनोज पौडेलले एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा कविता नेपाली र सञ्जय पोखरेलको जिबन्त अभिनय
देख्न सकिन्छ । म्युजिक भिडियोको निर्देशन हालका व्यस्त निर्देशक समन अधिकारीले गरेका हुन् ।

यसअघि ‘शरद २’ एल्बममै समावेश
यो मन उड्यो चरा बनी आकाशमा बोलको गीत निकै चर्चित बनेको थियो । एल्बममा ७ वटा गीत समावेश छ । गीतको भाव अनुसार भेषभूषा लोकेशन
लगायत अन्य कुरामाहरुमा पनि ध्यान दिएकोले गीतको मर्म अनुसार भिडियो राम्रो बनेको म्युजिक भिडियोको निर्देशक निर्देशक समन अधिकारीले
पाथिभरा च्यानल लाई बताउनु भयो | शैलेन्द्र शरद सशस्त्र प्रहरी बलका महानिरीक्षक समेत हुन्, भने संगीतकार गैरे समेत सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरिक्षक हुन् ।
उक्त गीत ‘शरद २’
एल्बममा समावेश गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार