सलिनमानलाई ‘उत्कृष्ट नायक’ को अवाड

नायक सलिनमान बनियाँको आज जन्मदिन हो । सलिन आज आफ्नो जन्म दिन घरपरिवार र साथीभाइसँग सेलिव्रेशन गरिरहेका छन् । सलिनमान बनियाँले चलचित्र ‘ए मेरो हजुर २’ बाट चलचित्र क्षेत्रमा पाइला राखेका थिए ।

जन्मदिनको अघिल्लो दिन उनका लागि नयाँ खुशी पनि मिलेको छ । काठमाण्डौमा आयोजना भएको ‘डी सिने अवार्ड’ मा सलिनमानले उत्कृष्ट नायकको अवार्ड उचाले । उनले चलचित्र ‘यात्रा’ बाट उत्कृष्ट नायकको अवार्ड उचालेका हुन् । अवार्ड उचाल्दै गर्दा सलिन खुशी देखिएका थिए । उनले, आफूले यो अवार्ड पाउने आशा नगरेपछि जुरीले उत्कृष्ट ठानेर अवार्ड दिएकोमा खुशी व्यक्त गरे ।

नायक सलिनमान बनियाँले दोश्रो चलचित्रसम्म आइपुग्दा आफ्नो अभिनयमा सुधार गरेका छन् । त्यो भन्दा पनि उनको एक्सनले भने धेरैलाई प्रभावित बनाएको थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent