सातबुँदे घोषणापत्र जारी गर्दै याक्थुङ लेखक संघ गठन

प्रदेश न. एक झापा बिर्तामोडमा २०७६ जेष्ठ १५ गते लिम्बू लेखकहरुको ऐतिहासिक भेला सम्पन्न भएको छ । जेष्ठ
नागरिक तुम्याहाङ संगीतकार प्रेम पन्धाक तथा अमर तुम्याहाङको प्रमुख आतिथ्यतामा समपन्न भएको उक्त
भेलामा विश्वभर छरिएर रहेका लिम्बू लेखकहरुलाई एक ढिक्कामा समाहित गर्दै प्रकाश
थाम्सुहाङको अध्यक्षतामा उनन्तीस सदस्य रहेको याक्थुङ लेखक संघ तदर्थ समीति गठन
गरेको छ . साथै समितीको पहिलो बैठक बसी एघार सदस्य रहेको सल्लाहकार समिती
मनोनयन गर्नका साथै तीन सदसीय विधान मस्यौदा समिती समेत गठन गरी एक महिना
भित्र विधान तयार गर्ने गरी जिम्मेवारी सुम्पीएको छ . उक्त याक्थुङ लेखकहरूको प्रथम ऐतिहासिक
भेलाका सहभागीहरूबाट व्यक्त विचारहरूलाई मनन गर्दै याक्थुङ लेखक संघ तदर्थ समितिद्वारा याक्थुङ लेखक संघको घोषणापत्र – २०१९
जारी गरेको छ . विभिन्न ७ बुंदामा समाबिस्ट घोषणापत्र – २०१९

(१) लिम्बुवान मुक्तिका खातिर कलम चलाउने ।
(२) लिम्बुवान राज्य प्राप्तिका लागि चालिने जुनसुकै आन्दोलनहरूलाई सहयोग र समर्थन गर्ने ।
(३) लिम्बुवान सौन्दर्यशास्त्र, मुन्धुम, याक्थुङ लोक वाङ्मयहरूको पुनरजागरणका निम्ति याक्थुङ लेखकहरूलाई पुनरजागृत गर्ने ।
(४) याक्थुङ भाषा, सिरिजङ्गा लिपिमा सिर्जना गर्न, याक्थुङ साहित्यलाई सिद्धान्तपरक र विशिष्टीकरण गरी सिर्जना गर्न सर्जकहरूलाई उत्प्रेरित
गर्ने ।
(५) विविध वाद र वैचारिक समूहमा रहेका याक्थुङ लेखकहरूलाई एकताबद्ध गराई लिम्बुवानी राजनैतिक चेतनामा ध्रुवीकरण गर्ने ।
(६) सबैखाले राजनैतिक विचारमा आवद्ध याक्थुङ लेखकहरूको साझा चौतारीका रूपमा याक्थुङ लेखक सङ्घलाई अगाडि बढाउने ।
(७) लिम्बुवानका मुन्धुमी, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक

याक्थुङ लेखक संघ तदर्थ समिती
अध्यक्ष -प्रकाश थाम्सुहाङ 
उपाध्यक्ष -अफ्सरा लावती
उपाध्यक्ष -संगम सुहाङ 
महासचिव -टंक सेलिङ 
उपमहासचिव -मधु केरुङ 
सचीव -मनिष हेल्लोक 
कोषाध्यक्ष -जितेन पन्धाक 
सदस्य -सेसेमी से नाल्बो 
सदस्य -मुनाराज शेर्मा 
सदस्य -अभागी थेगुवा
सदस्य -सुन्दर कुरुप 
सदस्य -प्रकाश आङ्देम्बे 
सदस्य -राज माङ्लाक 
सदस्य -सेसेहाङ फियाक 
सदस्य -चन्द्रवीर तुम्बापो 
सदस्य -के.जी.सुब्बा 
सदस्य -सागर केरुङ 
सदस्य -पुष्पहाङ लोवा 
सदस्य -मंगल बेघा 
सदस्य -सन्तोष थेवे 
सदस्य -इक्साहाङ चेम्जोङ 
सदस्य -बिक्रम फागो 
सदस्य -पेलिहाङ माबोहाङ 
सदस्य -सिङ्जाङ चेम्जोङ 
सदस्य -सुमन लिङ्देन 
सदस्य -रोहित आङ्बो 
सदस्य -दिल दुखी जन्तरे 
सदस्य -सन्देश सुब्बा 
सदस्य -डिल्लि मुसाहाङ 
सदस्य -उदय पन्धाक 
सदस्य -सन्त थलङ 
सल्लाहकार समिति

१ वैरागी काईला 
२ येहाङ लावती 
३बिक्रम सुब्बा 
४ नवीन सुब्बा 
५ लच्छामी शेर्मा पापो 
६ शारदा सुब्बा 
७अमर तुम्याहाङ 
८ अर्जुन माबुहाङ 
९ धर्मेन्द्र नेम्बाङ 
१० हाङ्युग अज्ञात 
११ उपेन्द्र सुब्बा 
आजको भेला कार्यक्रम जेष्ट नागरिक तुम्याहाङ संगीतकार प्रेम पन्धाक र अ्मर तुम्याहाङको प्रमुख आतिथ्यतामा समपन्न भएको हो।


निशेष आङ्देम्बे |
निशेष आङ्देम्बे पाथीभरा च्यानल अनलाइनको सम्पादक हुनुहुन्छ | निशेष आङ्देम्बे |
निशेष आङ्देम्बे पाथीभरा च्यानल अनलाइनको सम्पादक हुनुहुन्छ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार