भोलि २४ गते सुक्रवार देखि काठमाडौंमा ” रेश ” भिडियो सहित

भोली शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रेस’ टिमले राजधानिमा पत्रकार भेटघाटगरी चलचित्रका बारेमा जानकारी गराएको छ ।

रेश जेठ २४ गते देखी उपत्यकाको हलहरुमा प्रदर्शन हुँदै छ भने मोफसलका दर्शकहरुले भने अझै केहीदिन कुर्नुपर्ने छ । ठुला ब्यानरका हिन्दी र अंग्रेजी चलचित्रको प्रदर्शन हुनाले चलचित्र रेसलाई एउटै समयमा देशभर प्रदर्शन गर्न नसकिएको निर्देशक सुब्बाले जानकारी दिए ।

चलचित्रको वितरक चैतन्य बराल (पुर्वान्चल) केदार पराजुली ( पस्चिमान्चल ) रहेका छन् | दुबई लगायत नेपालको बिभिन्न रमणीयस्थलमा छयांकन गरिएको रेश मा हरेक मानिसको सपना हुन्छ त्यहि सपना लाइ पुरा गर्न हर समय संघर्ष गरिरहेको हुन्छ | कसैको सपना चाडो पुरा हुन्छ त कसैको ढिलो बास्तवमा यहि नै हो रेश चलचित्रको कथा सार

कलाकारहरुमा निता ढुंगाना,पुस्पा लिम्बु ,इकु सुलेमान ,किरण केसी ,रबिन्द्र खडका ,शुभाष गजुरेल हस्त लिवाङ रबिन लिवाङ र साथमा नया प्रस्तुति जियान र एजेश सैंजु रहनु भएको छ | स्वर उदितनारायण झा ,अन्जु पन्त सुजाता उपाध्याय, दिपराज नियोङहाङ, सन्जित लामा मोमिला लामा पटकथा सम्बाद मौनता श्रेष्ठ, छायांकन कुमार बखती सम्पादक मन्दील श्रेष्ठ गीतकार आनन्द अधिकारी,कृष्ण थापा ,र सन्जित लामा संगीत आनन्द राई ,नृत्य निर्देशन गोबिन्द राई,तथा दन्द शंकर महर्जन ले गरेको छन् |चलचित्रको छायांकन झापा ,इलाम मोरङ र दुबइको रमणीय स्थल मा गरिएको छ | त्यस्तै निर्माताहरुमा बिशाल थेबे , हेमन्त गौतम ,चन्द्र लिम्बु ,संजिव लिङदेन ,राज सेम्बु पासाङ घ्याल्मो र सह निर्माता रबिन कुमार गुरुङ रहेको छन् |

निर्देशक सुब्बाले रेश चलचित्र हरेक दृष्टिले उत्कृस्ट भएकोले दर्शकहरुले पनपराउने विस्वास लिनु भएको छ |
रेस का निर्माता हस्त लिबाङ भन्नु हुन्छ चलचित्र मा कुनै कन्प्रमाइज् नगरी निर्माण गरेकोले रेशले यो दर्शकहरुको मन जित्ने कुरामा आशाबादी हुनुहुन्छ | हस्त लिवाङ आगाडी भन्नुहुन्छ किनकी यस्को कथा बस्तु राम्रो छ र बिदेस मा पनि छायांकन गरिएकोले आशा गर्ने ठाउ धेरै छन् | निर्माताको भनाइ अनुसार रेश चलचित्र निर्माणमा १ करोड खर्च भएको छ |

भिडियो हेर्नुहोस ,,,

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार