
पाथिभरा च्यानल – राज चाम्लिङ को कथा निर्देशन रहेको सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र बैनाबट्टा को काठमाडौंमा धमाधम सम्पादन कार्य हुदै छ। चलचित्रको निमार्ण प्रेम लावतीले गर्नुभएको छ ।
नेपालको सुदुर पुर्वी जिल्लाहरुमा बसोबास गर्ने लिम्बु लगाएत आदिवासी समुदायमा रहेको एक प्रथा हो बैनाबट्टा । यसैको सेरोफेरो चलचित्रको बिषयबस्तु रहेको छ । अहिले सम्पादन संगै चलचित्रको प्रचार प्रसार भइरहेको जानकारी निर्देशक राज चाम्लिङले पाथिभरा च्यानल लाई दिनुभयो । ताप्लेजुङ पाँचथर र ईलामको रमणीय स्थलहरुमा चलचित्र बैना बट्टाको छायांकन गरिएको छ |

, भवानी घिमिरे, बिक्रम नवेम्वाङ, राम लावती, एबिराज आङदेम्बे समिल राई, सुनिता लिम्बु र यसराज योङयाङह चलचित्रका सहनिर्माता रहेका छन् । यस चलचित्रको नृत्य निर्देशन कमल राई छायाँकन सम्पादन देबजँग थापाले गर्नु भएको छ भने बैनाबट्टमा देबेन्द्र नेम्बाङ, कबिता राई, बाबु मुक्तान, रस्मिला तामाङ , अर्जुन श्रेष्ठ, नरेश बनेम, रिया सुब्बा, रोमन सिंह लिम्बु, प्रकास थेबे कृष्ण राज नेम्बाङ र पुष्प राज आङबुहाङ लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।
नेपालको सुदुर पुर्वी जिल्लाहरुमा बसोबास गर्ने लिम्बु लगाएत आदिवासी समुदायमा रहेको एक प्रथा हो बैनाबट्टा

चार वटा गित रहने यस चलचित्रमा बुद्धराज इवाङ, राज चाम्लिङ र सन्तोस राईको संगित रहको छ । उक्त गितहरुलाई दिपक लिम्बु, मेलिना राई, दिपा लामा, सन्तोष राई, राजु लिम्बु , दिप्सन लिम्बुहरुको आवाज रहेको छ । अशोज पहिलो हप्ता बाट नेपाल लगायत विभिन्न देशहरुमा प्रदशन गर्ने
योजना रहेको निर्माता प्रेम लावतीले बताउनुभयो |




