कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

गीतकार दिपकराज पाठक उत्कृष्ट गीतकारको अवार्ड बाट सम्मानित

बिगत दुई दशक देखी नेपाली कलाकारिता र संगीत क्षेत्रमा लागी पर्दै आएका समाजसेवी तथा गीतकार दिपकराज पाठक आईतबार उत्कृष्ट गीतकारको अवार्ड बाट सम्मनित हुनु भएको छ।

आईतबार राष्ट्रीय नाँचघर जमलमा सम्पन्न भएको दोश्रो योङ्ग माइण्ड्स अवार्डमा जुरिहरुको तर्फबाट पाठक उत्कृष्ट गीतकारको अवार्ड बाट सम्म्मानित हुनुभएको हो।

गीतकार दिपक राज पाठको शब्दमा स्वरुप राज आचार्यको स्वर अनि सङ्गीत बिपिन आचार्य को रहेको गीत मैले भन्दा धेरै माँया ….बाट यो अवार्ड हात पार्न सफल भएका हुन।

पाठकको शब्दमा चर्चित गायक , गायिका सुगम पोखरेल , अन्जु पन्त , माण्डबी त्रिपाठी , स्वरुपराज आचार्य, राम सेढाई लगायतको आवाजमा केहि गीतहरु चर्चित भएका छन् | दिपक राज पाठक अभिनयमा पनि अब्बल रहेका छन् | उहाँले दर्जनौ बिज्ञापन र म्युजिक भिडियोहरुमा आफ्नो कुशल अभिनय देखाउनु भएको छ |



सम्बन्धित शीर्षकहरु

मुख्य समाचार