सर्वाधिक मूल्यमा बिक्री भयो ‘छ माया छपक्कै’को ओभरसिज राइट्स

काठमाडौं । चलचित्र ‘छ माया छपक्कै’को ओभरसिज राइट्स (विदेश प्रदर्शन अधिकार) सर्वाधिक मूल्यमा बिक्री भएको छ ।

चलचित्रको गीत र केही सीनको छायांकन अगावै चलचित्र यति धेरै मूल्यमा बिक्री भएको हो । विदेशमा प्रदर्शनको अधिकार निशान बजगाँईले एक करोड १० लाखमा किनेका हुन् । अहिले चलचित्रको पूरा सुटिङ सकिएको छैन ।

सोसियो पोलिटकल रोमान्स जनारामा बनेको चलचित्रमा कमेडी, राजनीति, प्रेम र सामाजिक विषय समेटिएको छ । यति धेरै मूल्यमा ओभरसिज राईट्स बिक्री भएको यो पहिलो चलचित्र हो । यस अघि ‘छक्कापञ्जा’को डिजिटल र ओभरसिज राईट्स एक करोड १० लाखमा बिक्री भएको थियो । तर यसको ओभरसिज राईट्स मात्रै एक करोड १० लाखमा बेचिएको हो ।

रोहित अधिकारीले आमा सरस्वती मुभिजसँग मिलेर निर्माण गरेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, प्रकाश घिमिरे, सुपुष्पा भट्ट, शिशिर बाङ्देल, दीपक क्षेत्री, अनुराग कुँवरलगायतको मुख्य भूमिका रहेको छ । आउँदो दशैँमा प्रदर्शन हुने चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।

समाचार श्रोत : जनता समाचार

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार