केःसाङ्ला प्रर्दशन समिति मार्फत ४ लाख ७८ हजार मृगौलापिडितलाई हस्तान्तरण

लिम्बु चलचित्र ‘केःसाङ्ला’ प्रर्दशन समितिले हालै एक कार्यक्रम आयोजना गरि झापा जिल्ला कमल गाउँपालिका वडा नंं. ३ निवासी दुवै मृगौलापिडित निर्मल फियाक लिम्बुको उपचारका लागि सहयोगार्थ पछिल्लो समय हङ्कङ र युएईबाट प्राप्त नेपाली रुपैया १ लाख ८२ हजार हस्तान्तरण गरियो ।

लोकेन सावाँ लिम्बु निर्देशित लिम्बू संस्कृतिमूलक चलचित्र ‘केःसाङ्ला’ को ‘रेड कार्पेट शो’ भव्यरुपमा आयोजना गरि फियाकलाई उपाचारार्थ रु १ लाख ६४ हजार हस्तान्तरण गरिएको थियो ।

समाजसेवी एवम् एकता होटल तथा गेष्ट हाउस व्यावसायी संघका सचिव सलमान थलङ् लिम्बुको संयोजकत्वमा बनेको ‘केःसाङ्ला’ प्रर्दशन समितिले गत बैशाख २१ गते कमलपोखरी, काठमाडौंस्थित बिग मुभिज, सिटी सेन्टरमा मृगौलापिडित फियाकको सहयोगार्थ भीम तुम्बाहाम्फेको निर्माण तथा मुख्य अभिनय रहेको लोकेन सावाँ लिम्बु निर्देशित लिम्बू संस्कृतिमूलक चलचित्र ‘केःसाङ्ला’ को ‘रेड कार्पेट शो’ भव्यरुपमा आयोजना गरि फियाकलाई उपाचारार्थ रु १ लाख ६४ हजार हस्तान्तरण गरिएको थियो ।

त्यसपछि दक्षिण कोरिया र बेलायतबाट सहयोगी महानुभावहरुले पठाएको रु १ लाख ३२ हजार पनि विरामी फियाकलाई समितिले हस्तान्तरण ग¥यो । पछिल्लो पटक लिम्बु चलचित्र केःसाङ्लाका निर्माता तथा मुख्य नायक भीम तुम्वाहाम्फेको अगुवाईमा हङ्कङ्बाट विभिन्न सहयोगी महानुभावहरुबाट संकलित नेपाली रुपैयाँ १ लाख १० हजार र एकता होटल तथा गेष्ट हाउस व्यावसायी संघका उपाध्यक्ष सुरेश बरालको समन्वयमा तोक्मा – ४, जलजले, तेह्रथुममा जन्म भई धरान – १९, आनन्दमार्ग, सुनसरीमा स्थायी बसोवास रही हाल युएईको शेख दरवारमा सेक्युरिटी ईन्चार्जका रुपमा कार्यरत हरिन्द्र याक्थुङ्वा (सिंगक)ले संकलन गरि पठाएको नेपाली रुपैयाँ ७२ हजार गरि जम्मा रु १ लाख ८२ हजार हालै केःसाङ्ला प्रर्दशन समितिका संयोजक समाजसेवी सलमान थलङ् लिम्बु, एकता होटल तथा गेष्ट हाउस व्यावसायी संघका अध्यक्ष मोहन थेवे, उपाध्यक्ष सुरेश बराल र लिम्बु चलचित्र केःसाङ्लाका निर्देशक लोकेन सावाँ लिम्बुले संयुक्त रुपमा बिरामी फियाकलाई हस्तान्तरण गरियो । स्मरण रहोस्, हालसम्म केःसाङ्ला प्रर्दशन समितिको संयोजनमा देशविदेशबाट विभिन्न सहयोगी महानुभावहरुबाट प्राप्त रु ४ लाख ७८ हजार अत्यन्त नाजुक आर्थिक अवस्था भएका मृगौलापिडित फियाकलाई हस्तान्तरण गरिसकिएको छ । सोही रकम हस्तान्तरण कार्यक्रममा जानकारी गराईए अनुसार बिरामीको आमाले मृगौला दिने निश्चित भएको र निर्मल फियाक लिम्बूको मृगौला पत्यारोपण प्रक्रिया चाडै सुरु गरिनेछ ।




सम्बन्धित शीर्षकहरु

मुख्य समाचार