
नेपाली पत्रकारिताको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल पत्रकार बिजय बोध लावती नेपाल टेलिभिजनबाट उत्कृष्ट पत्रकारको रुपमा सम्मानित हुनु भएको छ । नेपाल टेलिभिजनमा एक भब्य कार्यक्रम बिच सञ्चार तथा सुचना मन्त्री गोकुल बास्कोटाले नगद सहित बिजय बोध लावती लगाएत अन्य केहि उत्कृष्ट नेपाल टेलिभिजनको जिल्ला संवाददाताहरुलाई सम्मान गरेको हो ।

सम्मान पछि पाथिभरा च्यानल सँग कुराकानी गर्दै लावतीले आफुमा अझ जिम्मेवारी बढेको र काम गर्न प्रेरणा र हौसला मिलेको साथै टेलिभिजनको यस्तो कदम स्रहानिय रहेको कुरा पनि बताउनु भयो । लावती हाल पत्रकार महासंघको पाँचथर जिल्ला उपाध्यक्ष, फोनिजको केन्द्रिय सदस्य , लिम्बु पत्रकार संघको महासचिब हुनुहुन्छ भने विगतमा पापोहाङ साप्ताहिक पत्रिकाको सम्पादक तथा सुम्हात्लुङ एफ एमको स्टेशन म्यानेजर समेत रहनु भएको थियो ।

लावती बि.स.२०५७ साल देखि पत्रकारिता क्षेत्रमा संलग्न हुनुहुन्छ । पाथिभरा च्यानलको तर्फबाट पत्रकार बिजय बोध लावतीलाई हार्दिक शुभकामना छ ।



