कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

गायक संगम शेर्मा लिम्बु र गंगा फियाकको स्वरमा लिम्बु पालाम ‘साम्याङफुङ चेल्लेङ’ सार्वजनिक

गायक संगम शेर्मा लिम्बुको स्वर वास्तबमा नै प्रसंसा गर्न लायकको छ । उनको समधुर आवाजले जो कोहिलाई पनि मोहित बनाउँछ । हालै सार्वजनिक भएका उनलका लिम्बु गीतहरु सुन्दा उनी लामो घोडाका रेश हुने पक्का छ । उनै प्रतिभावान गायक संगम शेर्मा लिम्बु र गंगा फियाक लिम्बुको स्वरमा लिम्बु पालाम साम्याङफुङ चेल्लेङ सार्बजनिक भएको छ।

चन्द्र बहादुर लिम्बुको प्रोडक्सन रहेको म्युजिक भिडियोमा राम योङहाङ लिम्बु र जुनु लिम्बुले अभिनय गरेका छन् । चर्चित गीतकार सुबर्ण नेम्बाङले शब्द लेख्नु भएको छ भने यादन नुनाम् शेर्माले संगीत भर्नु भएको छ । गायक शेर्माको अनुसार छोटो समयमै लाखौं स्रोताको मन जित्न सफल यो पालामले म्युजिक भिडियो निर्माण सँगै सुनमा सुगन्ध थपेको बताउनु हुन्छ ।

यो पालाम लिम्बु जातीहरुको पुराना रितिरिवाज, संस्कृति, मुन्धुम,ख्याली,माङ्लाङ् केलाङ् र येवालाङ् समेत समेटिएको छ् । कृष्ण सुबेदी र मेरिना चेम्जोङको मेकप रहेको म्युजिक भिडियो लोकेन साँवाँले निर्देशन गरेका छन। यो भिडियो सिमिकलुङ युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस्

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार