लिम्बु भाषाको चलचित्र ‘केः’ मलेसियामा भब्य प्रदर्शन

पाँचथर– लिम्बू कथानक चलचित्र ‘केः’ मलेसियामा प्रदर्शन भएको छ । मलेसियाको क्वालालाम्पुरस्थित परदेशी रेष्टुरेन्टमा चलचित्रका लेखक–निर्देशक सागर केरुङको उपस्थितिमा ‘केः’ प्रदर्शन भएको हो ।

याक्थुङ फिल्मस् प्रा.लि.का लागि टाइसन केरुङ र बुद्धराज लिम्बूले निर्माण गरेको चलचित्रमा सन्देश सुब्बाको सहनिर्देशन, डीआर हाङसरुम्बाको मूख्य सहनिर्देशन, प्रेम पन्दाकको संगीत, सञ्जय आचार्यको छायाङ्कन, प्रनिश लिम्बू र मेघराज मगरातीको सम्पादन रहेको छ ।

‘केः’ मा मधुराज केरुङ, बबिता फोम्बो, रुपा आङबुहाङ, सुक्मिता केरुङ, प्रेम ओझा, मनकुमार केरुङ, कमल घिमिरे, आरके थेबे, संघर्ष खतिवडा, अप्सरा न्यौपाने, संगीता लाओती लगायतको अभियन रहेको छ ।

लिम्बू जातिको साँस्कृतिक बाजा ‘केः’ अर्थात् च्याब्रुङ बनाउन अनिबार्य चाहिने गाई वा गोरुको छाला र गाई–गोरु मार्न नपाइने नेपालको कानूनी प्रावधानमाथि गम्भिर प्रश्न उठाइएको ‘केः’ नेपाल आदिबासी जनजाति चलचित्र महोत्सव २०७६ मा सर्बोकृष्ठ चलचित्र घोषित भएको थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार