
भाषा सस्कृति कला साहित्य आदिको बिकास विस्तार गर्ने ध्येयका साथ फाल्गुनन्द लिङदेन
फिल्म्स् प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको लिम्बु भाषिक अवार्ड एफ एल एफ अवर्ड २०७६ को मनोनयन पत्र वितरण भएको छ । लिम्बु भाषामा बनेको लिम्बु चलचित्र तथा म्युजिक भिडियोको यो संयुक्त अवार्ड हो र जसमा जम्मा २४ विधाहरुमा मनोनयन पत्र वितरण गरिएको थियो । निर्देशनमा किशोर सुब्बा, लोकेन सावा, सागर केरुङ् मनोनयनमा परेकाछन् भने नायकमा नरेन्द्र सेन्दाङ, सविन तुम्वाहम्फे, रुद्र पाहिम लिम्बु, भिम तुम्वाहम्फे मनोनयनमा छन् । त्यसै गरि नायिकामा मनोनयन हुनेहरुमा पुष्पा लिम्बु, बबिता फोम्बो, लक्ष्मी योङहाङ, दिव्या लिम्बु छन् । हस्त लिबाङ, अशोक राई, कुल्बा सुब्बा संगित विधामा मनोनित भएको

छन् र गायनमा सुसन साम्सोहाङ, मनु नेम्वाङ, दिपा सुहाङ, मनि ताम्लिङ मनोनयनमा पर्न सफल भएकाछन् । भोटिङ सहितको परिणाम पछि अवार्ड वितरण गरिने उक्त अवर्ड वितरण कार्यक्रम आगामि पौष २३ गते राष्ट्रिय सभा गृह हलमा हुनेछ । यस मनोनयन कार्यक्रममा
पत्रकार उदयराज शर्मा र एम पि सुब्बालाई सम्मान गरिएको थियो ।



