कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

बरिष्ठ गीतकार प्रेम पन्धाक लाई मुटु रोगको उपचारको लागि खर्चको अभाव्

पाभिभरा च्यानल : ताप्लेजुङ जिल्ला साप्लाखु निबासी भगवति प्रसाद पन्धाक लिम्बु र कालिका पालुङ्वाको कोखबाट बि.स.२००४ साल माघ १६ गते जन्मनु भएको बरिष्ठ फोटोग्राफर गितकार, संगतिकार तथा सामाजिक अभियन्ता प्रेम पन्धाक लामो समयदेखि मुटु रोगबाट ग्रसित हुनुहुन्छ । लिम्बु भाषाको चलचित्र आनि साक्थिममा गीत लेखन तथा संगीत गरेर चर्चामा आएका प्रेम पन्धाकले हाल सम्म २०० वटा भन्दा बढि गीत लेखन तथा
संगीत गरि सक्नु भएको छ । अति मिलनसार सहयोगी र संधै हासेर बोलिरहने स्रष्टा प्रेम पन्धाकले गायक जीतेन राई र अन्य कलाकारको साथमा गाँउबेसीको मायाँ लगाएत दर्जनौ साँस्कृतिक अभियान सफलता पुर्वक सन्चालन गरि सक्नु भएको छ । झापाको केर्खामा स्थायी बसोबास भएका प्रेम पन्धाक एक समयमा पन्दाक फोटो स्टुडियोे संचालन गरेर चर्चामा आएका थिए । उहाँको जिबन्त अभिनय रहेको दर्जनौ म्युजिक भिडयो बजारमा आएका छन् ।  नेपाली तथा लिम्बु गीत संगीतलाई मायाँ गरेर यसको संरक्षण र उत्थानमा हरपल लागिरहनु हुने स्रष्टा प्रेम पन्धाक मुटु रोगले अझ चापेकोले उपचारका लागि हाल काठमाडौंमा आउनु भएको छ। उहाँको आर्थिक अबस्था कमजोर भएकोले उपचारका निम्ती खर्चको अभाव भइरहेको छ । समाज र देशको लागि केहि गर्न चाहानु हुने प्रेम पन्धाक जस्तो स्वाच्छ ब्यक्तिलाई तपाँई पनि मनै देखि सहयोग गर्न चाहानु हुन्छ भने उहाँको मोबाइल नम्बर ९८१०३५९२२४ मा सोझै सम्पर्क गरि तथा पाथिभरा च्यानल मार्फत पनि उहाँलाई सहयोग गर्न सक्नु हुन्छ भन्ने यसै समाचार मार्फत अनुरोध गर्दछौं । आशा छ यहाँहरुले प्रेम पन्धाक बचाउ अभियानलाई सल्लाह सुझाब र सहयोग गरि प्रेम पन्धाकलाई अझ केहि गर्ने हौसला प्रदान गर्नु हुने छ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार