
भाषा सस्कृति कला साहित्य आदिको बिकास विस्तार गर्ने उदेश्यको साथ फाल्गुनन्द लिङदेन
फिल्म्स् प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको लिम्बु भाषिक अवार्ड एफ एल एफ अवर्ड २०७६
माघ २७ गते जमलस्थित राष्ट्रिय नाचघरमा पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डको प्रमुख आतिथ्यतामा हुन भब्य रुपमा सम्पन्न भयो | नेपाली सागितिक आकाशमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय गायक निर्मल सुब्बाले एफ एल एफ अवार्डमा पब्लिक चोइज अवार्ड ( दर्शक छनोट अवार्ड ) प्राप्त गर्नुभएको छ् |

लिम्बु भाषाको चलचित्र केसाङ्ला को तरेमे बोलको गीत बाट सुब्बाले उक्त अवार्ड हात पारेका हुन | एफ एल एफ अवार्ड २०७६ ले आफ्नो जिम्मेबारी अझै बढेको कुरा पाथिभरा च्यानल लाई बताउनु भयो |



