झापाको दमकमा कबिता तङसिङ–२ सम्पन्न

सन्देश सुब्बा÷ झापाको दमकमा शनिबार कबिता तङसिङ–२ सम्पन्न भएको छ । याक्थुङ लेखक संघ झापा शाखाले कबिता तङसिङ–२ आयोजना गरेको हो । ‘तङसिङ’ लिम्बू जातिले गर्ने सबैभन्दा ठूलो साँस्कृतिक अनुष्ठान हो । तङसिङलाई कबितासँग जोडेर काब्यिक अनुष्ठानको रुपमा कार्यक्रम गरिएको याक्थुङ लेखक संघ, झापा शाखा अध्यक्ष मौलश्री लिम्बूले बताए । दमक उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा ३२ जना याक्थुङ (लिम्बू) कबिहरुले कबिता वाचन गरेका थिए । कबिता तङसिङमा धर्मेन्द्रबिक्रम नेम्बाङ, कुमार लिङदेन ‘मिराक’, अभागि थेगुवा, सन्तोष थेबे, सन्देश सुब्बा, टंक सेलिङ, केजी सुब्बा, राजकुमार सुब्बा ‘अनिश्चित’, उदय पन्दाक, कैलास शिखर, सेलिङ केसी, सन्त थलङ, सुमन लिङदेन, गगन योक्पाङदेन, इक्साहाङ चेम्जोङ, पार्वता पोमु जिज्ञासु, सुनिल आङ्बो, प्रदीप योङहाङ, युबिर चेम्जोङ र मञ्जु थेगिम र कबिन तुम्बापोले कबिता वाचन गरेका थिए । त्यस्तै सेसेमी से–नाल्बो, सेसेहाङ फियाक, पुष्पहाङ लोवा, रानीटारे माइला, मुक्साम लाबुङ, साम्जीरी शेर्मा, निशा लोवा, रचना लाओती, आन्छुमे नशान, कल्पना लिङदेन, चुक्सा याप्मीले लिम्बू भाषाको कबिता वाचन गरेका थिए ।

कबिहरुले लिम्बुवानी इतिहास, कला, संस्कृतिमा आधारित कबिता वाचन गरेका थिए । कबिता तङसिङ–२, को उद्घाटन, कार्यक्रमका प्रमुख अतिथि, प्रदेश–१ का निबर्तमान प्रदेश प्रमुख डा.गोविन्द तुम्बाहाङले गरेका थिए । कबिता तङसिङलाई सम्बोधन गर्दै तुम्बाहाङले कबिहरुको कल्पनाशक्तिले समाज रुपान्तरणमा महत्वपूर्ण सहयोग पुग्ने बताए । तङसिङमा तुम्याङको रुपमा पूर्वमन्त्री तथा लेखक श्रीप्रसाद जबेगु, लिम्बुवानवादी नेताहरु बीर नेम्बाङ, सञ्जुहाङ पालुङवा, खगेन्द्र माखिम, कवि तथा लेखक हाङयुग अज्ञात, लेखक कृष्ण बराल, यालेस केन्द्रीय अध्यक्ष प्रकाश थाम्सुहाङ लगायतको उपस्थिति रहेको थियो । तङसिङ अनुष्ठानमा जस्तै याग्राङसिङ (बाँसको लिङ्गो) राखेर गरिएको कबिता तङसिङमा कलाकार तथा मुन्धुमका जानकार यासेल योङहाङले येवा नाँच प्रस्तुत गरेका थिए । सोही अवशरमा कबिता तङसिङ–२ मा वाचित कबिताहरुको पुस्तक समेत लोकार्पण गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent