
लिम्बू भाषाको कथानक चलचित्र केःसाङ्लाको पाःलाम गीत सेवालुङ च्यानल युट्युव मार्फत सार्वजनिक भएको छ ।
मनु नेम्बाङ र यासेली योङहाङको स्वरमा रहेको पाःलामलाई लोकेन साँवाले रचना गरेका हुन् ।
चलचित्र केःसाङ्लालाई फिपरानी तुम्वाहाम्फे, विष्णुकुमार पन्धाक, संजय तुम्वाहाम्फे र भिमकुमार तुम्वाहाम्फेको संयुक्त निर्माण गरेका हुन् । चलचित्रमा लक्ष्मी योङहाङ, भिम तुम्वाहाम्फे, विशाल सेनेहाङ, याम्निङ्वा योङ्हाङ, सनम पहाङ्गो र कुमार लुम्फुङ्वाको मुख्य भूमिका रहेको छ । त्यसैगरी यासेली योङ्हाङको गीत÷शब्द, अशोक लोहोरुङ राईको पाश्र्वसंगीत, मनु नेम्वाङ, श्रेयसी चेम्जोङ र असली वनेमको आवाज रहेको छ भने पटकथा देवेन्द्र खापुङ सुर्केली, सम्पादन विपिन मल्ल, छायांकन भुपेन्द्र तुम्वाहाम्फे र भेषभुषा कल्पना योङ्हाङको रहेको छ ।
चोकफूङ इन्टरटेन्मेन्ट प्रा.लिको ब्यानरमा निर्माण भएको लिम्बू संस्कृतिमा आधारित केसाङ्ला यस अघि हङकङ, कोरिया, नेपाल र भारतको असम राज्यको विभिन्न ठाउँहरूमा सफलतापूर्वक प्रदर्शन भइसकेको छ ।



