
ताप्लेजुङ । प्रथम बिश्वब्यापी अनलाइन पालाम प्रतियोगिता २०२० को ऐतिहासिक पहिलो बिजेता फुङलिङ नगरपालिका ९ नम्बर वडा, हाङदेवा निवासी सुनिता केदेम लाबुङ भएकी छिन् ।
बिहिबार निर्णायकमध्येका मुख्य निर्णायक याशेली योङहाङले याक्थुङ कल्चरल ग्रुपको फेसबुक पेज मार्फत प्राज्ञ बैराँगी काइँलाले बिजेता घोषणा गरेका हुन् । सुनिताले ट्रफी प्रमाणपत्रसहित, ५० हजार रुपैयाँ नगद प्राप्त गरेकी छिन् । एउटा पालाम रिकर्ड गर्ने अबसर पनि पाएकी छिन् । त्यस्तै, फसर््टरनरअप तेह्रथुमका शिबकुमार सम्बाहाङ्फे भए भने सेकेण्ड रनरअप धरान निवासी सुनिता संयक भए । उनीहरूले क्रमशः ट्रफी, प्रमाण पत्रसहित ४० र ३० हजार रुपैयाँ नगद हात पारे ।
फक्ताङ्लुङ चरणको लागि ५०, साम्लो लुङ्धुङको लागि २० र मेन्छ्यायेम चरणको लागि १० जना छानिएका थिए । मेन्छ्यायेम चरणमा परेका उत्कृष्ठ १० मध्येबाट बिजेता, उपबिजेता र तेश्रोसहित बिबिध बिधाका बिजेता छानिएका हुन् । उत्कृष्ठ पालाम चोत्लुङ सान्त्वनाका लागि पेपराज माबुहाङ र शान्तिराम खरेल छानिए । माबुहाङ र खरेलले १० हजार रुपैयाँ नगद पाए । खरेललाई एनएचडीडी स्टूडियो हङकङद्वारा उत्पादित कार्यक्रमः आइन्बा ताःजेङको तर्फबाट प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ नगद प्रदान गरिएको छ । बिक्रम येक्तेन सर्बोत्कृष्ठ प्रस्तुति, इन्दिरा नेम्बाङ उदयमान कलाकार, सुमन लिम्बू सोहोनाम्लाङ, जीवन केदेम मुक्कुमलुङ र साँगोले ठूले साङ्गोती हाङगोति साबित भए । उनीहरू सबैले समान १० हजार रुपैयाँ पाएका छन् ।
त्यस्तै, उत्कृष्ट तुम्याहाङ समुह सुखवीर ताम्लिङ, लोपोन्मुख भाका सरुना लिम्बू, उत्कृष्ट फरक समुदाय बम बिरही कुलुङ राई, उत्कृष्ट पालाम –शब्द) निलिमा साम्पाङ र तेन्छासेक्सिङ थुम्खो कुमार बिक भए । उनीहरूले पनि १० हजार नगद पाए । पदम सम्बाहाङ्फे, सोना साउदेन, टुपेन्द्र येक्तेन, टेकराज तिगेला, रुपलाल खाम्धाक, थानाहाङ तिगेला, भीमा साउदेन, सुरोज मादेन, आइत खजुम, आइतमाया इजम, चन्द्र आङ्देम्बे र देबेन चेम्जोङ सम्माति ब्यक्तित्व दर्ज भए । उनीहरूलाई मायाको चिनोसहित सम्मान गरिने आयोजकले जनाएको छ ।
किरात याक्थुङ चुम्लुङ युकेले पालाम प्रतियोगितामा प्रतियोगी गैह्रलिम्बूहरूलाई ५ हजार रुपैयाँ नगद र प्रमाण पत्रसहित सम्मान गर्ने घोषणा गरेको छ । अनलाईन प्रतियोगितामा बिश्वभरिका ३ सय ५२ जनाले सहगागिता जनाएका थिए । सकरात्मक र नकरात्मक सबै किसिमको सल्लाह सुझाब आएको आयोजकले जनाएको छ ।
बिजेता, उपबिजेता र बिबिध बिधामा छानिएकालाई आयोजक समितिबाट सल्लाह गरि कोरोनाका महामारीको कारण अस्तब्यस्त रहेकोले केहिदिनमा औपचारिक वा अनौपचारिक कसरी गर्न सकिन्छ परिस्थिति हेरेर पुरस्कार बितरण सम्बन्धि निर्णय गरिने कार्यक्रम संयोजक सीता तुम्खेवाले जानकारि दिए ।
Milestone khabar



