कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

बल्छि धुर्बे,बान्द्रे,कृष्ण र शोभा त्रिपाठी अभिनित कुलमानकै छ खाँचो भिडियो सार्वजनिक

काठमाडाै । नेपालीले गर्व गर्न लायक सच्चा सपुत, एक युगपुरुष कुलमान घिसिङको नेपाल विद्युत प्राधिकरणबाट कार्यकाल सकिनै लाग्दा कार्यकाल थप हुनुपर्छ भन्दै कोरोना महामारीको असहज परिस्थितिमा पनि यतिबेला कुलमानको समर्थनमा सर्जकरकलाकार लगायत बिभिन्न पेशा, क्षेत्र र वर्गका मानिसहरुले सरकारलाई खबरदारी गरिरहेका छन् ।

सुरेश शाहीको शब्द, सङ्गीत र सङ्गीत संयोजन रहेको कुलमानकै छ खाँचो शीर्षकमा अर्को एउटा म्युजिक भिडियो सार्वजनिक भएको छ िसुरेश शाही र पुष्पा बोहराको स्वर रहेको कुलमानकै छ खाँचो गीतमा वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन तथा सम्पादन र राम सिंह भाटको छायाङ्कनमा भिडियो तयार भएको हो ।

भिडियोमा सहायक सम्पादकको रुपमा लोकेश भाटले समेत प्राविधिक जिम्मेवारी निर्वाह गरेका छन् विर्ल्ड कभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्मित यस भिडियोमा मोहन निरौला, कृष्ण कँडेल, कृष्णभक्त महर्जन, मिठाराम केसी, रविन्द्र बराल, सुरज चापागाईं ‘बान्द्रे’, सुरेश शाही, पुष्पा बोहरा, शोभा त्रिपाठी, मरिचमान श्रेष्ठ बल्छिधुर्बे, अर्जुन कुँवर, सुरेन्द्र सिंह विष्ट, निरुता खत्री, भानमती चन्द, प्रवीण बराल, दुर्योधन बस्नेत र दीपक प्याकुरेलको अभिनय रहेको छ

२४ घण्टामा १८ घण्टा लोडसेडिङ गराएर सिङ्गो मुलुकलाई नै कङ्गाल बनाउन उद्दत प्राधिकरणका तत्कालिन निर्देशक र सञ्चालक समितिका घुसखोरी पदाधिकारीहरुलाई अझैसम्म कुनै कारबाही भएको छैन भने प्राधिकरणमा आउनेबित्तिकै कुलमानले सिङ्गो मुलुकलाई लोडसेडिङ मुक्त गरेका थिए । जुन घटना आम नेपालीका लागि चमत्कार जस्तै भएको थियो । -मनास्लुपोस्ट बाट

भिडियो हेर्नुहोस् !

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार