कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

एकै दिन सर्वाधिक १४ जना कोरोना संक्रमितको मृत्यु पुष्टि

काठमाडौं, १४ भाद्र । नेपालमा आज कोरोना भाइरसको संक्रमणबाट १४ जनाको मृत्यु पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृतक संख्याबारे पुष्टि गरेको हो । यो अहिलेसम्म एकै दिन मृत्यु पुष्टि भएको सर्वाधिक संख्या हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज मृत्यु हुनेहरुमा ४ जना महिला र १० जना पुरुष छन् । योसँगै कुल मृतकको संख्या २ सय २१ पुगेको छ ।

यसअघि हिजो १२ जना थप संक्रमितको मृत्यु पुष्टि भएसँगै कुल संख्या २०७ पुगेको थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार