कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

बारामा १८० केजी गाँजासहित कार सशस्त्र प्रहरीकाे नियन्त्रणमा

बारामा सशस्त्र प्रहरीले गएराती १८० केजी गाँजासहित एक कारलाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको कोल्वी नगरपालिका वडा नम्बर ९ श्रीपुर मुसहर्नास्थित सिम्रनगढ जाने बाटोमा विशेष सूचनाको आधारमा चेक जांच गर्दा कारमा प्याक गरेर लैजान लागिएको १८० केजी गाँजा फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

जाँच गर्ने क्रममा प्रदेश नम्बर ३ ०२२ च ८१३४ नम्वरको डटसन कारमा प्लाष्टिकले बेरेर पोका पारिएको २० केजीको ७ पोका, १० केजीको ४ पोका गरी जम्मा १८० केजी गाँजा र कारसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नम्बर १२ का प्रबक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक निरन्जन भण्डारिले जानकारी दिए । – न्युज २४ बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार