कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन

काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । कोरोना पुष्टि भएका मुखर्जीको उपचारका क्रममा निधन भएको हो ।

उनका छोरा अभिजितले मुखर्जीले निधनको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । बीबीसीले पनि मुखर्जीको निधन पुष्टि गरेको छ ।

स्वास्थ्य अवस्था बिग्रिएपछि पूर्वराष्ट्रपति मुखर्जी केही साताअघि अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचारका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

गत अगस्त १० मा उनले ट्विटमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण देखिएको घोषणा गरेका थिए ।

‘ब्लड क्लट’ का कारण उनको दिमागको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि पूर्वराष्ट्रपति मुखर्जी कोमामा गएका थिए ।

अस्पतालले सोमबार बिहान विज्ञप्ति जारी गर्दै पछिल्ला केही दिन यता मुखर्जीको स्वास्थ्यमा गिरावट देखिएको र फोक्सोमा देखिएको इन्फेक्सनका कारण ‘सेप्टिक शक’ भएको जानकारी गराएको थियो । — बार्हखरी बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार