कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

काठमाडौं उपत्यकामा थपिए ७६७ कोरोना संक्रमित

काठमाडौं, ४ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ४२ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६१६ पुगेको मन्त्रालयले जनाएको छ । काठमाडौंमा १३ हजार ६१६, ललितपुरमा १ हजार ५ सय ४८ र भक्तपुरमा १ हजार ४ सय ५२ संक्रमित पुगेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थपिएका एक हजार ३२५ जना संक्रमितमध्ये काठमाडौं उपत्यकाका ७६७ जना हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४६ हजार १२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ । पछिल्लो २४ घण्टामा ९६६ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४६ हजार २३३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार ५८४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख १४ हजार २९० जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार ७१ जना र होम आइसोलेसनमा ८ हजार ४०७ जना रहेका छन् । आजसम्म देशभर ७ हजार ४५१ जना क्वारेन्टिनमा छन् । देशभर जनाको भेन्टिलेटरमा उपचार भइरहको छ ।

देशभर १९० जना आईसीयूमा राखेर उपचार भइरहेको छ । शनिबार देशभर एक हजार २०४ कोरोना भाइरस संक्रमित थपिएका थिए । यसअघि शक्रबार हालसम्मकै दैनिक सबैभन्दा बढी दुई हजार २० कोरोना भाइरस संक्रमित थपिएका थिए ।

नयाँ पेज बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार