
माेरङ । माेरङ ग्रामथान गाउँपालिकामा पाेखरीमा डुबेर एकै परिवारका ३ आमा छाेरीकाे मृत्यु भएकाे छ
गाउपालिकाकाे वडानम्बर ४ माेतीपुरममा माछाकाे पाेखरीमा डुबेर एकै परिवारका दुइ छाेरी र अामाकाे मृत्यु भएकाे माेरङ प्रहरी प्रमुख सन्ताेष खड्काले बताएका छन् ।
खड्का अनुसार स्थानीय रुद्र कट्वालको आइतवार साँझ पोखरीमा चाराे हाल्न जाने क्रममा ठुबेर मृत्यु भएकाे हाे । उनिहरू परिवार सहित कट्वालको पोखरीमा माछा रुग्ने काम गर्दै आएका थिए।
मृत्युहुनेमा ३५ वर्षिय सीता अधिकारी र छाेरीहरू ९ वर्षीया कृति र १३ वर्षीया पवित्रा रहेका छन् । ‘उनीहरू उक्त पाेखरीकाे रेखदेख गर्दै आएका थिए । माछालाइ चाराे दिएर नुहाउने क्रममा छारीहरू पानीमा डुबेकाे भनिएकाे छ,’ खड्काले भने ‘उनीहरूलाइ बचाउँन खाेज्दा अामाकाे पनि मृत्यु भएछ ।
हामीले साे घटनाकाे अनुसन्धान गदैर्छाैँ ‘ प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमकख लागि विराटनगरस्थित कोशी अस्पतालमा राखिएको छ ।
पारीजात मिडिया बाट



